प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न २४ जना पक्राउ

२०८१-११-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहार राज्य पटना मलवा थाना मलाम ठेगाना भएका ३० वर्षीय अजय कुमार समेत २४ जना भारतीय नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बेटिङ एप्लिकेसन मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरू अन्तर्गत बेटिङ साइटको प्रयोग गरी अनलाइन जुवा खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-५ स्थित घर भाडामा लिई उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ल्यापटप २१ थान, मोबाइल ३८ थान र राउटर ३ थान समेत प्रहरीले बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३ सय ४० रूपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको खुल्न आएको छ ।

उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा समेत आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । 

सम्बन्धित समाचार
सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ
२०८३-०६-२९

धनुषा, सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गरेको अभियोगमा लक्ष्मीनिया गाउँपालिका-१ बस्ने २० वर्षीय क्रिमिनल भन्ने राजु यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनले समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय र संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज र आपत्तिजनक शब्दहरू बोल्ने तथा धाकधम्की दिने किसिमका भिडियोहरू सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।