प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८३।०६।१६ गते १७:०० बजे सम्म ।

२०८३-०६-१६

  • A
  • A-
  • A+
Share


 १. जि. रसुवा पासाङ ल्हामु सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको ।

मिति २०८३।०४।०८ गते  ०८:०० बजेको समयमा जिल्ला रसुवा उत्तरगया गा.पा. वडा नं. ५ खाल्टे स्थित त्रिशुली मैलुङ स्याफ्रुबेशी जाने कच्ची सडक खण्डमा त्रिशुली नदीले सडक मुनीबाट कटान गरी  बाटो पूर्ण रूपमा अवरुद्ध भएकोमा मिति २०८३।०४।१० गते  आएको बिनाशकारी बाढीको कारण सडकको अधिकांस भाग नष्ट हुन गएको ।


२. जि. रसुवा र नुवाकोट राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको तथा बैकल्पिक बाटो सम्बन्धमा ।

मिति २०८३।०५।१० गते आएको बिनाशकारी बाढीका कारण त्रिशुली बजार, बेत्रावती बजार हुँदै रसुवागढी नाका सम्म जाने मुख्य पासाङ ल्हामु राजमार्ग त्रिशुली नदी किनारको अधिकांस भाग कटान गरी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकोमा स्याप्रुबेशी सम्म जान सकिने बैकल्पिक बाटोको रुपमा (सिंगल लेन कच्ची सडक) काठमाडौं देखि टोखा छहरे हुँदै बिदुर, नुवाकोट दरबार, फलाँटे, चोकदे, लच्याङ, सरमथली, पार्च्याङ, भोर्ले, ० किमि, कालिकास्थान, स्याउबारी, राम्चे, सोले, धुन्चे, स्याप्रुबेशी सम्म जान सकिने ।

 

३.जि. मनाङ खाङसार-बेशिसहर सडक खण्ड पूर्ण रुपमा अबरोध ।

मिति २०८३।०६।०९ गते ०६:३० बजेको समयमा जिल्ला मनाङ अन्तर्गतका सडक खण्डमा राती देखी परेको अविरल बर्षाको कारण बाढी आई बेशीसहर हुँदै खाङसारसम्म जाने सडक पूर्ण रुपमा अवरोध भएको ।

४.जि.म्याग्दी बेनी-जोमसोम सडक खण्ड पूर्ण रुपमा अबरोध

मिति २०८३।०६।१० गते ०५;५० बजे जि. म्याग्दी रघुगंगा गा.पा.०२ बैसरी  सडक माथिबाट लेदो माटो सहितको पहिरो खसी बेनी-जोमसोम सडक खण्ड पूर्ण रुपमा अवरोध भएको ।


५.जि. हुम्ला कर्णाली करिडोर र सिमकोट हिल्सा  सडक खण्ड अबरोध ।

जि प्र का हुम्ला  कर्णाली  प्रदेश (९ गते देखि ११ गते सम्म आएको अबिरल बर्षाको कारण पहिरो आइ कर्णाली करिडोर र सिमकोट हिल्सा सडक खण्ड अबरोध भएको स्थानहरु :-

१. मिति २०८३/०६/१२ गते ०९;०० बजे जि हुम्ला नाम्खा गा पा ४ सिमकोट गा पा ७  ठाडोढुङगा र   यालबाङ  (सिमकोट हिल्सा  सडक खण्ड )