प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाटो अवरुद्ध भएको सम्बन्धी: मिति २०८२/०३/०८ गते ०७:०० बजे सम्म ।

२०८२-०३-०८

  • A
  • A-
  • A+
Share

१.जि. संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरोध ।

मिति २०८२।०२।०६ गते  अ.००:०० बजेको समयमा जि. संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्गमा माथिबाट पहिरो झरी सडक पूर्णरुपमा अबरोध भएको ।

२.वि.पि. राजमार्गको  सिन्धुली खुर्कोटबाट काठमाण्डौ जाने सडक रातिको समयमा १५(प्रन्ध)  दिन बन्दहुने

हाल देशमा मनसुन  सक्रिय  भएकोले बर्षातका कारण विपद को घटना हुन नदिन को लागी  मिति २०८२/०३/०६ गते देखी मिति २०८२/०३/२० गते सम्म  बेलुका १८:३० देखी  विहान ०५:०० बजे सम्म  वि.पि. राजमार्गको  सिन्धुली खुर्कोटबाट काठमाण्डौ जाने आउने दुबै तर्फका सार्वजानिक /निजि सवारी साधन लाई आवागमनमा रोक लगाई उक्त राजमार्ग पूर्णरुपमा बन्द रहने ।

सम्पर्क नं.९८५४०९०३९८ जि.प्र.का. सिन्धुली


३.जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गा.पा. ३ लार्चा स्थित अरनिको राजमार्ग   सुचारू ।

मिति २०८२।०३।०३ गते ०६:३०- बजे जि. सि.पा. भोटेकोशी गा.पा. ३ लार्चा स्थित अरनिको राजमार्ग लार्चा (लार्चा देखी ईकु खोलाको  पुलमा रहेको ह्युम पाइप बगाएको हुँदा बाटो पुर्ण रुपमा अबरुद्द भएकोमा । ऐ. ०६ गते १६;४५ बजेबाट ऐ.स्थानमा निर्माणाधीन बेलिबृज बाट साना हलुका ४ पांग्रे सवारी साधन आवतजावत गर्ने गरी सुचारु भएको । ठुला सवारी साधन आवतजावत नभएको (भारबहन क्षमता चेक जाच भएपछी मात्र सुचारु हुने )


४.जिल्ला नवलपरासी (पूर्व) बिनयी त्रिवेणी गा.पा. मा पूर्व-पश्‍चिम राजमार्ग  बन्द रहने । 

 विषयमा मितिः २०८२-०३-०६ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकको निर्णायानुसार निर्माणाधिन नारायणघाट-बुटवल सडकको दुम्कीबास स्थित विनयी खोला पुलको डाईभर्सन सडक वर्षाले बारम्बार बगाईरहेकोले सो स्थानमा बनेको नयाँ पुल सन्चालनमा नआउन्जेल र दाउन्ने खण्डको केही स्थानहरुमा ग्रावेल राखेर सडक मर्मत गर्ने काम भईरहेकोले सो मर्मत कार्य सम्पन्न गरी सहज यातायात सन्चालनको लागि तयार नहुन्जेलसम्मका लागि आज मितिः २०८२-०३-०७ गतेदेखि अर्को सूचना प्रकाशित नगरुन्जेल सम्मका लागि उक्त सडक खण्डमा ठूला र भारी मालवाहक सवारी सन्चालनमा रोक लगाईएको व्यहोरा सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ। साथै सो सडक खण्डमा साँझ ०७:०० बजेदेखि बिहान ०५:०० बजेसम्म सबै प्रकारका सवारी संचालनमा समेत रोक लगाईएको सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सो दौरान सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्नुहुन सबैमा अनुरोध गरिन्छ । 

५.जि. कास्की  अन्नपुर्ण गा.पा.वडा नं. ६ ढावा पोखरा बाग्लुङ सडक खण्ड अबरोध ।

मिति २०८२।०३।०७ गते अं.१६:०० बजे अविरल बर्षाको कारणले जि. कास्की  अन्नपुर्ण गा.पा.वडा नं. ६ ढावा पोखरा बाग्लुङ सडक खण्डमा माथीबाट पहिरो झरी दुबै तर्फि बाटो अवरोध भएको ।

थप:ऐ. १७:०५ बजे एकतर्फी सुचारु भएको ।