जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-१३
- A
- A-
- A+
रसुवा, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नौकुण्ड गाउँपालिका-५ चिति देउराली बस्ने ३० वर्षीय दीपक तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दीपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।