जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-२८
- A
- A-
- A+
सल्यान, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कालिमाटी गाउँपालिका-५ बस्ने १९ वर्षीय खुमराज खड्कालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । खड्काले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बाँके, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया बाँसगढी नगरपालिका-२ पिपल चौतारा बस्ने २२ वर्षीय हेमन्त परियारलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । परियारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।