जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-१४
- A
- A-
- A+
ओखलढुङ्गा, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोलुङ गाउँपालिका-१ कुन्तादेवी बस्ने ४७ वर्षीय कमल बाँनियालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
कमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बरूणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।