जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-२३
- A
- A-
- A+
पाल्पा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका-३ देउराली बस्ने तनहुँ भानु नगरपालिका-८ घर भएका ३८ वर्षीय होम बहादुर थापा मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । होम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलडाँडी गाउँपालिका-१ बस्ने २१ वर्षीय बिशाल सुनार, १९ वर्षीय सुबास बलायर र २१ वर्षीय प्रकाश बलायर रहेका छन् । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।