जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-२०
- A
- A-
- A+
डडेलधुरा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्शुराम नगरपालिका-१२ खजुरानी बस्ने सोही नगरपालिका-१ सलोन घर भएका ३० वर्षीय योगेन्द्र बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
योगेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।