प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ

२०८३-०७-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ मातातीर्थ बौथली चोक बस्ने २८ वर्षीय रबिन तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ७४ ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-१४ बाट अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा बाह्रदशी गाउँपालिका-६ घर भएका ३६ वर्षीय विर्खराज योङहाङ र धादिङ गल्छी गाउँपालिका-२ घर भएका ३४ वर्षीय सानो बावु तुलाधार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

सुनसरी, बराहक्षेत्र नगरपालिका-२ पुनर्वासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सजिव राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-४ हलगडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सिराहा गोलबजार नगरपालिका-६ घर भएका २० वर्षीय अविनाश रौनियार साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नडाहाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र स्पासपेन १ सय १० ट्याब्लेट सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय लक्ष्मण थिङ, २२ वर्षीय राकेश काफ्ले र २३ वर्षीय रबिन कार्की रहेका छन् । अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ३२ वर्षीय दिपक भाटलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०२-००३ प ४३८५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-७ टेडियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ३० मिलिग्राम सहित कैलाली घोडाघोडी नगरपालिका-१ सुख्खड बस्ने २३ वर्षीय जिबन पार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बर्दिया, बाँसगढी नगरपालिका-५ बाँसगढी बजारस्थित रोयल फास्टफुड खाजा घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित बढैयाताल गाउँपालिका-८ बस्ने २६ वर्षीय रिदम केसी समेत ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-२ बिकासनगर घर भएका २२ वर्षीय शिव विक समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-४ घर भएका २० वर्षीय शिवराज थारू र बर्दिया गेरूवा गाउँपालिका-५ बस्ने २७ वर्षीय उमेश थारू रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटएको प्रहरीले भे.६ प ६४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

चितवन, माडी नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ४८ ट्याब्लेट र स्पास्मो २ सय ४० ट्याब्लेट सहित सोही नगरपालिका-६ कल्याणपुर बस्ने २४ वर्षीय आशिष गुरूङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सोमेश्वरबाट खटिएको प्रहरीले ना.६ ख ४०१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

कैलाली, भजनी नगरपालिका-५ बक्तुरीघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १८ ग्राम ५ सय ७० मिलिग्राम सहित कैलारी गाउँपालिका-४ हसुलिया बस्ने २० वर्षीय सरोज चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पृथ्वीपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, जानकी गाउँपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-८ बन्देबीपुर बस्ने २४ वर्षीय भुवन तिमिल्सिनालाई ‍मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

   

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०७-१७

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-५ थली मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम र नगद २८ हजार ९ सय ७५ रूपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ डाँछी बस्ने २६ वर्षीय सुनिल ब्रमाशाखा र भक्तपुर चाँगुनारायण नगरपालिका-४ बस्ने २० वर्षीय सबिन श्रेष्‍ठ रहेका छन् । प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरीले बा.३२ प ७२०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन ८० ग्राम र डिजिटल तराजु १ थान सहित भारत मधुवनी मधुवापुर थाना-३ घर भएका ३५ वर्षीय मोहम्मद सन्तोष नदापलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक बस्ने २८ वर्षीय बिबेक सापकोटालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०७-१७

ललितपुर, गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम सहित महालक्ष्मी नगरपालिका-१४ बस्ने सिन्धुली घर भएका २६ वर्षीय यमराज रम्तेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, गोदावारी नगरपालिका-३ टुपिखेलबाट अवैध लागूऔषध पोलेन १० ग्राम सहित सोही ठाउँ बस्ने ३८ वर्षीय ईश्वर खत्रीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिन्धुली, सुनकोशी गाउँपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन ९० ग्राम १ सय ६० मिलिग्राम सहित धनुषा मिथिला नगरपालिका-४ घर भएका २९ वर्षीय मन्जित योन्जनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्रदेश ३-०२-००१ प १६२२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   झापा, शिवसताक्षी नगरपालिका-६ हवल्दार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने ४० वर्षीय राजेन्द्र गणेश समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेची पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने २९ वर्षीय मेहबुब आलम मियालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ११ ग्राम ७ सय ९० मिलिग्राम सहित पाँचथर याङ्वरक गाउँपालिका-१ बस्ने २१ वर्षीया निश्मा राई समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, पथरी शनिश्चरे नगरपालिका-१० शिविरक्याम्पबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय रूपेस सार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले प्र ३-०२-००२ प ३८८४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-१ लोथरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ३ सय ९५ ट्याब्लेट सहित तनहुँ बन्दिपुर  गाउँपालिका-५ बस्ने २४ वर्षीय सन्तोष कुमार राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र.०१-००१ ज ०६३० नम्बरको भ्यानमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट सहित भानु नगरपालिका-१० ढाड बस्ने ३० वर्षीय समुन्द्र विमलीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ६५३८ नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी तनहुँ, म्याग्दे गाउँपालिका-४ थर्पुबाट नियन्त्रित लागूऔषध फेनारगन १६ एम्पुल, डाईजेपाम १५ एम्पुल र बुप्रेनोर्फिन १६ एम्पुल सहित कास्की मादी गाउँपालिका-८ बस्ने २९ वर्षीय सुरेश परियारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले दमौलीबाट पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१-००२ प ४६७४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-२ छपकैया बस्ने १९ वर्षीय सुजित यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा समेतबाट खटिएको भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेल नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर कृष्णपुर नगरपालिका-३ बस्ने २४ वर्षीय ज्ञानेन्द्र नेपाली र २१ वर्षीय रोहित कुमाल रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०७-१६

मोरङ, जहदा गाउँपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ग्राम ८ सय मिलिग्राम सहित सोही गाउँपालिका-२ बस्ने १९ वर्षीय प्रवेश कुमार राजवंशीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, सुन्दरहरैँचा नगरपालिका-१२ शुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय दिपक खवासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, माछापुच्छ्रे गाउँपालिका-६ धिताल बस्ने २३ वर्षीय सुरेश नेपाली समेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धम्पुसबाट खटिएको प्रहरीले उनको घर तलासी उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कपिलवस्तु, वाणगंगा नगरपालिका-३ राजापानी क्षेत्रबाट अवैध लागूऔषध खैरो हेरोइन २८ ग्राम ८ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने ३४ वर्षीय सलाउदिन मुसलमान र सोही नगरपालिका-१२ बस्ने २८ वर्षीय उमेश थारू रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१५ चन्नहवा गाउँस्थित सुरज किराना पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय सुरज थारू समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, शिवसताक्षी नगरपालिका-९ यलम्बर चोक बस्ने ३१ वर्षीय बादल भन्ने हेन्जिङ जबेगूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  दार्चुला, नौगाड गाउँपालिका-६ धुलिगडाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय ५५ ग्राम ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ७० वर्षीय काशि धामीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट धुलिगडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, महालक्ष्मी नगरपालिका-७ चाँगाथलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १६ ट्याब्लेट सहित सोही नगरपालिका-९ लामाटार भुजुङ्गे बस्ने २९ वर्षीय कृष्ण श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६३ मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ फूलबारी बस्ने ३० वर्षीय बाली रावत समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.८५ प ८८०३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यसैगरी कैलाली, जोशीपुर गाउँपालिका-४ हसनापुर बस्ने २८ वर्षीय बिशेश्वर प्रसाद चौधरी समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-४ बस्ने ३२ वर्षीय नबिन राई र २९ वर्षीय सुनिल राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रौतहट, कटहरिया नगरपालिका-५ कटहरिया बजार डेरा गरी बस्ने भारत बिहार सितामढी भलुआहा ग्राम बस्ने १९ वर्षीय शिवम महतोलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय २० ट्याब्लेट सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

करिब २ सय ९ किलो गाँजा सहित पाँच जना पक्राउ
२०८३-०७-१६

सुनसरी, धरान उपमहानगरपालिका-२० च्यान डाँडाबाट अवैध लागूऔषध गाँजा करिब २ सय ९ किलो ४ सय २० ग्राम सहित ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी डाक्नेश्वरी नगरपालिका-१० बस्ने २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका-१ बस्ने ४५ वर्षीय राजेन्द्र प्रसाद मंडल, छिन्नमस्ता गाउँपालिका-६ बस्ने ५९ वर्षीय राज कुमार शाह, भारत बिहार प्रान्त मधुबन्नी बस्ने ३८ वर्षीय सन्तोष ठाकुर र सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने २१ वर्षीय अमृत बिशुङखे रहेका छन् । उक्त स्थानमा दुईवटा स्कारपियो गाडीमा गाँजा लोड भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरको स्कारपियो तलासी गर्दा उक्त परिमाणको गाँजा फेला उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०७-१५

काठमाडौं, काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ३० ट्याब्लेट, नोर्फिन १३ एम्पुल, फेनारगन १९ एम्पुल र डाईजेपाम २७ एम्पुल सहित काठमाडौं गौरीघाट बस्ने दोलखा घर भएका १९ वर्षीय शैलेश नेपालीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-३ उत्तर भकारी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय मंगल थारू र २५ वर्षीय निराजन थारू रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु.प्र.०३-००१ प ८८० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकी भाईरल रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-५ बस्ने २४ वर्षीया प्रियका सुनार र २१ वर्षीय प्रबिण सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमी नगरपालिका-२ दिव्यश्वरी प्लानिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५४ ग्राम ९ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनहरा बस्ने कपिलवस्तु बाणगंगा नगरपालिका-९ घर भएका ३८ वर्षीय बसन्त बहादुर खत्री र काठमाडौं कागेश्वरी मनहरा बस्ने दोलखा मेलुङ गाउँपालिका-३ घर भएका २८ वर्षीय प्रदिप केसी रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   दाङ, घोराही उपमहानगरपालिका-८ शान्ती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७८ ग्राम ९ सय मिलिग्राम र नगद २ लाख ७ सय ७५ रूपैयाँ सहित सोही उपमहानगरपालिका-९ बस्ने ३१ वर्षीय गोबिन्द खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-८ कोठिया गाउँ बस्ने २५ वर्षीय दिपेश सिंह थारू समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले दिपेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   झापा, गौरीगंज गाउँपालिका-२ आँपगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय बिजय राजवंशी र शिवसताक्षी नगरपालिका-६ बस्ने ३० वर्षीय ओम नारायण राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-११ भेडाबारी बस्ने ३४ वर्षीय सन्दिप श्रेष्ठ समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ८० मिलिग्राम र नगद ४२ हजार ५ सय ५ रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहर समेतबाट खटिएको प्रहरीले सन्दिपको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३९ मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय किरण रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।