करिब ४ सय ९९ किलो गाँजा सहित एक जना पक्राउ
२०८३-०८-०६
- A
- A-
- A+
सुनसरी, धरान उपमहानगरपालिका-८ सेउती पुलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ सय ९९ किलोग्राम सहित मोरङ विराटनगर महानगरपालिका-१३ बस्ने ३२ वर्षीय अजय कुमार साहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले बीआर ११ वाई ३०३९ नम्बरको स्कारपियोलाई जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी चालक अजयलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।