प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ

२०८३-०८-०४

  • A
  • A-
  • A+
Share

 काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय २ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली गोलान्जोर गाउँपालिका-३ घर भएका २९ वर्षीय दिपेश थापा र बझाङ सुर्मा गाउँपालिका-३ घर भएका २६ वर्षीय संजय बोहरा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले ना.५७ प ७५०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, अर्जुनधारा नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय भुपेश उरावलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथरबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ४३ किलोग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका २४ वर्षीय सत्यम कुमार र २० वर्षीय वर्षीय रौनक कुमार रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डारा समेतबाट खटिएको प्रहरीले हेटौंडाबाट चितवनतर्फ आउँदै गरेको एनएल ०१०७७९२ नम्बरको कन्टेनर तलासी गर्दा कन्टेनरको ड्राइभर सिटको पछाडी क्याबिनमा फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी कन्टेनर चालक सत्यम र सहचालक रौनकलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०८-०४

झापा, दमक नगरपालिका-८ बसन्त मार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम र नगद २७ हजार रूपैयाँ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-६ घर भएका २६ वर्षीय मनिष शर्मा र २४ वर्षीय डिक बहादुर शर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मनिषको कोठा तलासी गर्दा १ ग्राम ३ सय ३० मिलिग्राम उक्त पदार्थ र नगद १५ हजार रूपैयाँ तथा डिक बहादुरको कोठा तलासी १ सय ४० मिलिग्राम उक्त पदार्थ र नगद १२ हजार रूपैयाँ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यसैगरी झापा, शिवसताक्षी नगरपालिका-२ मंगलबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित दमक नगरपालिका-७ बस्ने ३९ वर्षीय भीम सागर न्यौपानेलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कास्की, पोखरा महानगरपालिका-८ सिर्जनचोकस्थित रोयल थकाली किचन होटलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३५ एम्पुल, नोर्फिन ३५ एम्पुल र फेनारगन ३५ एम्पुल सहित सोही महानगरपालिका-५ मालेपाटन बस्ने खोटाङ घर भएका २९ वर्षीय मिलन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले होटलको २०१ नम्बरको कोठा तलासी गर्दा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-१५ लक्ष्मीटोल डेरा गरी बस्ने स्याङ्जा बिरूवा गाउँपालिका-३ घर भएका ३० वर्षीय महेश गुरूङ समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ११ ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।    यसैगरी कास्की, पोखरा महानगरपालिका-२६ साउनेपानी बस्ने २१ वर्षीय यमराय क्षेत्री समेत ४ जनालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ७ सय ग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले यमरायको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ ग्राम ३ सय १० मिलिग्राम र नगद १८ हजार ९ सय ५० रूपैयाँ सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सर्लाही ईश्वरपुर नगरपालिका-५ घर भएका ३३ वर्षीय केशव गिरी, ललितपुर महालक्ष्मी नगरपालिका-७ चांगाथली बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका-११ घर भएका २४ वर्षीय दर्शन भुषाल र काठमाडौं बानेश्वर शान्तिनगर बस्ने सर्लाही ईश्वरपुर नगरपालिका-६ घर भएका ३२ वर्षीय पुर्ण शंकर गिरी रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सप्तरी, कञ्चनरूप नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने ३६ वर्षीय नारदमनी बरहीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले प्रदेश २-०१-००३ प ६९३४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-५ आइतबारेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय ५० मिलिग्राम सहित उदयपुर चौदण्डीगढी नगरपालिका-५ बस्ने ३४ वर्षीय उदित नारायण चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   रूपन्देही, रोहिणी गाउँपालिका-१ सिमरपानीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय २९ एम्पुल, बुप्रेनोर्फिन ३ सय ३६ एम्पुल र प्रोमेथाजाइन ३ सय ३७ एम्पुल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका २० वर्षीय कुलदीप सहानी र २० वर्षीय प्रदिप केवट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले युपि ५६ एए ५२१० नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८३-०८-०३

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५० मिलिग्राम सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ अछामीडाँडा बस्ने ३३ वर्षीय प्रकाश सुनार, २६ वर्षीय मन बहादुर बादी, सोही नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर र कालिकोट नरहरिनाथ गाउँपालिका-८ बस्ने २० वर्षीय जितु बिष्ट रहेका छन् । प्रहरी चौकी सुब्बाकुना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.००१ ज ०७०९ नम्बरको ईभी गाडीमा सवार प्रकाशलाई ३ ग्राम ८ सय २० मिलिग्राम र मन बहादुरलाई १ ग्राम ५ सय ७० मिलिग्राम तथा क.प्र.०२-००१ ज ०८८० नम्बरको ईभी गाडीमा सवार १८ वर्षीय किशोरलाई १ ग्राम १ सय ४० मिलिग्राम र क.प्र.०२-००१ ज ०७४८ नम्बरको ईभी गाडीमा सवार जितुलाई २ ग्राम ५ सय २० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   झापा, मेचीनगर नगरपालिका-८ सूर्योदय टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४२ वर्षीय दिलिप राजबंशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ गणपती रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ६० मिलिग्राम र नगद २३ हजार ५ सय रूपैयाँ सहित सोही नगरपालिका-५ डेरा गरी बस्ने इलाम रोङ गाउँपालिका-१ घर भएका २३ वर्षीय रचित भट्टराईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.१-०१-०१२ प ५९०९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय १० मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका-८ बस्ने १७ वर्षीय बालकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित मोरङ सुन्दरहरैँचा नगरपालिका-५ बाँसबारी बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-२ गागन खोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम २ मिलिग्राम सहित धनगढीमाई नगरपालिका-८ कसाहा बस्ने २४ वर्षीय पारस यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले स.५ प ६९६६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६१ मिलिग्राम सहित मकवानपुर घर भएका ३१ वर्षीय रामलाल गोलेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१० कटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९ मिलिग्राम सहित सोही उपमहानगरपालिका-१२ बस्ने १९ वर्षीय मोहन सुनवार समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध खैरो हेरोइन सहित चार जना पक्राउ
२०८३-०८-०३

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन ८८ ग्राम, नगद २ लाख ८० हजार रूपैयाँ र डिजिटल तराजु २ थान सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे नमोबुद्ध गाउँपालिका-११ घर भएका २७ वर्षीय समिर तामाङ, मण्डनदेउपुर नगरपालिका-५ घर भएका ३० वर्षीय राज रसाईली, दोलखा शैलुङ गाउँपालिका-२ घर भएका ३० वर्षीय दिनेश वाईबा र भारत घर भएका २२ वर्षीय कमलेश कुमार साह रहेका छन् ।  लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०८-०२

जुम्ला, चन्दननाथ नगरपालिका-५ जुम्ला बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तातोपानी गाउँपालिका-४ सापुल्ली बस्ने २३ वर्षीय हिमाल शाही र २१ वर्षीय सुनिल कुमार शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, इच्छाकामना गाउँपालिका-३ फिस्लिङ बजार डेरा गरी बस्ने सर्लाही घर भएका २८ वर्षीय बिजय अधिकारी समेत २ जनालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ २ किलोग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले बिजयको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ भुरेलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय नरेश गुरूङ र सोही नगरपालिका-१ कालागाउँ बस्ने २७ वर्षीय सुसान्त खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ हटियाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय विशाल विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-१ एकतानगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुरेश विश्वकर्मा समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, त्रियुगा नगरपालिका-८ राजावास साहीखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम ६ सय ८० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सोही नगरपालिका-८ बस्ने ३० वर्षीय रूपेश दनुवारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चुहाडेबाट खटिएको प्रहरीले स.५ प ५२७९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रौतहट, चन्द्रपुर नगरपालिका-१ बाग्मती पुलबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १ सय ७१ ट्याब्लेट र नगद ४० हजार ५० रूपैयाँ सहित सर्लाही बाग्मती नगरपालिका-१ बस्ने २९ वर्षीय उमेश मल्लिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पौराईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-११ पारिजात टोलबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८ एम्पुल, एनारगन ८ एम्पुल र बुप्रेनोर्फिन ८ ‍एम्पुल सहित सोही महानगरपालिका-११ बस्ने ३८ वर्षीय बिकाश थापा मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भोजाडबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।