करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ
२०८३-०८-०४
- A
- A-
- A+
चितवन, राप्ती नगरपालिका-१ लोथरबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ४३ किलोग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका २४ वर्षीय सत्यम कुमार र २० वर्षीय वर्षीय रौनक कुमार रहेका छन् ।
इलाका प्रहरी कार्यालय भण्डारा समेतबाट खटिएको प्रहरीले हेटौंडाबाट चितवनतर्फ आउँदै गरेको एनएल ०१०७७९२ नम्बरको कन्टेनर तलासी गर्दा कन्टेनरको ड्राइभर सिटको पछाडी क्याबिनमा फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी कन्टेनर चालक सत्यम र सहचालक रौनकलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।