अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८३-०८-०३
- A
- A-
- A+
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५० मिलिग्राम सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ अछामीडाँडा बस्ने ३३ वर्षीय प्रकाश सुनार, २६ वर्षीय मन बहादुर बादी, सोही नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर र कालिकोट नरहरिनाथ गाउँपालिका-८ बस्ने २० वर्षीय जितु बिष्ट रहेका छन् । प्रहरी चौकी सुब्बाकुना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.००१ ज ०७०९ नम्बरको ईभी गाडीमा सवार प्रकाशलाई ३ ग्राम ८ सय २० मिलिग्राम र मन बहादुरलाई १ ग्राम ५ सय ७० मिलिग्राम तथा क.प्र.०२-००१ ज ०८८० नम्बरको ईभी गाडीमा सवार १८ वर्षीय किशोरलाई १ ग्राम १ सय ४० मिलिग्राम र क.प्र.०२-००१ ज ०७४८ नम्बरको ईभी गाडीमा सवार जितुलाई २ ग्राम ५ सय २० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-८ सूर्योदय टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४२ वर्षीय दिलिप राजबंशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ गणपती रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ६० मिलिग्राम र नगद २३ हजार ५ सय रूपैयाँ सहित सोही नगरपालिका-५ डेरा गरी बस्ने इलाम रोङ गाउँपालिका-१ घर भएका २३ वर्षीय रचित भट्टराईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.१-०१-०१२ प ५९०९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय १० मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका-८ बस्ने १७ वर्षीय बालकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित मोरङ सुन्दरहरैँचा नगरपालिका-५ बाँसबारी बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, गोलबजार नगरपालिका-२ गागन खोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम २ मिलिग्राम सहित धनगढीमाई नगरपालिका-८ कसाहा बस्ने २४ वर्षीय पारस यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले स.५ प ६९६६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६१ मिलिग्राम सहित मकवानपुर घर भएका ३१ वर्षीय रामलाल गोलेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१० कटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९ मिलिग्राम सहित सोही उपमहानगरपालिका-१२ बस्ने १९ वर्षीय मोहन सुनवार समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।