अवैध लागूऔषध खैरो हेरोइन सहित चार जना पक्राउ
२०८३-०८-०३
- A
- A-
- A+
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन ८८ ग्राम, नगद २ लाख ८० हजार रूपैयाँ र डिजिटल तराजु २ थान सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे नमोबुद्ध गाउँपालिका-११ घर भएका २७ वर्षीय समिर तामाङ, मण्डनदेउपुर नगरपालिका-५ घर भएका ३० वर्षीय राज रसाईली, दोलखा शैलुङ गाउँपालिका-२ घर भएका ३० वर्षीय दिनेश वाईबा र भारत घर भएका २२ वर्षीय कमलेश कुमार साह रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।