अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३-०७-२३
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१६ डेरा गरी बस्ने नुवाकोट घर भएका २९ वर्षीय कटिन्चे तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजु समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मोरङ, बेलबारी नगरपालिका-२ कबिर टोल बस्ने ३० वर्षीय भोज बहादुर राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १८ ग्राम २ सय ४० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मोरङ, बेलबारी नगरपालिका-७ पानी ट्याङ्कीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट र स्पास्पेन ४० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३३ वर्षीय अनिल कुमार चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरती चौकी बाहुनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिराहा, भगवानपुर गाउँपालिका-४ बलान खोलाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ८० किलो ५१ ग्राम सहित सोही गाउँपालिका-४ कल्यानपुर टोल बस्ने ५५ वर्षीय देवशरण यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१२ कुण्डाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १९ ग्राम ८० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने ३१ वर्षीय गोबिन्द महरालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-११ डल्लापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २३ वर्षीय सुरेश वलीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-५ सुर्यदल टोल डेरा गरी बस्ने पाँचथर घर भएका २२ वर्षीय बिशाल राई समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले बिशालको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
स्याङ्जा, वालिङ नगरपालिका-८ जैसीपधेराबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ६७ एम्पुल, डाईजेपाम ८६ एम्पुल र फेनारगन ६७ एम्पुल सहित बागलुङ घर बताउने २२ वर्षीय बिशाल परियारलाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९४२४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।