अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८३-०७-२६
- A
- A-
- A+
मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र स्पास्पेन ७५ ट्याब्लेट सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४१ वर्षीय जयराम राई र उनकै श्रीमती २४ वर्षीया अस्मिता चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट किर्तिपुरबाट खटिएको प्रहरीले को.२० प ४७२३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-७ बाङ्गेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम सहित सोही नगरपालिका-७ सयपत्री टोल बस्ने ३० वर्षीय समुएल राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, डुडुवा गाउँपालिका-२ बेतहनीबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो १ सय ६० ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-९ बस्ने ५२ वर्षीय धर्मेन्द्र गोडिया र २१ वर्षीय आकाश बाल्मिकी रहेका छन् । प्रहरी चौकी बेतहनीबाट खटिएको प्रहरीले बेतहनीबाट नेपालगंजतर्फ जाँदै गरेको ने.१ ह ३२१२ नम्बरको ई-रिक्सा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक धर्मेन्द्र र ई-रिक्सामा सवार आकाशलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।