लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०८-०५
- A
- A-
- A+
काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कलंकी बस्ने रौतहट घर भएका ३३ वर्षीय राज कुमार श्रेष्ठ, काभ्रे घर भएका २८ वर्षीय सागर तामाङ र कास्की घर भएकी २८ वर्षीया सन्ध्या तामाङ रहेका छन् ।
काठमाडौं महानगरपालिका-१४ कलंकीमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई धाकधम्की दिई बिहीबार बिहान मोबाइल लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।
उनीहरू उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।