हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०८-०५
- A
- A-
- A+
दैलेख, आफ्नै श्रीमती ३५ वर्षीया मनिषा सलामी मगर, छोरा १२ वर्षीय तपेन्द्र सलामी र छोरी ३ वर्षीया करिष्मा सलामीको हत्या गरेको अभियोगमा चामुण्डा बिन्द्रासैनी नगरपालिका-३ पानीखोला बस्ने ३८ वर्षीय अम्मर सलामी मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अम्मरले वादविवादको क्रममा बन्चरो प्रहार गर्दा मनिषा, तपेन्द्र, उनकै छोरा ६ वर्षीय मिलन सलामी र करिष्मा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका मनिषा, तपेन्द्र र करिष्माको नगर अस्पताल दुल्लुमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मिलनको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।