जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ
२०८३-०८-०७
- A
- A-
- A+
भक्तपुर, चाँगुनारायण नगरपालिका-८ जितपुरस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४१ वर्षीय दिपेश खड्का समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ५ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।