अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३१ जना पक्राउ
२०८३-०८-१२
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ गुर्जुधारा बस्ने बारा घर भएका ३३ वर्षीय प्रेम बहादुर आलेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय ८९ ट्याब्लेट र नगद ६२ हजार रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले प्रेम बहादुरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-२६ कपुरधाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३२ वर्षीय अजय थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा १६ किलोग्राम सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मुम्बई घर भएका ५३ वर्षीय SAYEED AHMED SABIR AHAMED र २६ वर्षीय MOHAMMAD KADIR MOHD HANIF SHAIKH रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले थाईल्याण्डबाट बंगलादेश हुँदै नेपाल आएका उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । साथै उक्त गाँजा भारत निकासी गर्नका लागि भारतको दिल्लीबाट एयर इन्डिया मार्फत नेपाल आएका भारतीय नागरिक ४८ वर्षीय RAHAT FAROOQUE SHAIKH लाई समेत प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, चन्द्रपुर नगरपालिका-१ बागमती हाट बजारबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ८९ ट्याब्लेट सहित सोही नगरपालिका-१ मंगलपुर बस्ने ३० वर्षीय तारा बहादुर चौरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पौराहीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-११ सिमरबना चोक बस्ने अभिषेक चौधरी समेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब २ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामोल २ सय ७८ ट्याब्लेट, स्पास्पेन २ सय ५८ ट्याब्लेट र नगद ८ हजार ४ सय रूपैयाँ सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले अभिषेकको घर तलासी गर्दा उक्त लागूऔषध फैला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, रामधुनी नगरपालिका-५ शिवचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित धरान उपमहानगरपालिका-१५ बस्ने २० वर्षीय लाजेदाङ लिम्बु समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.९ प ६१६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ५० मिलिग्राम सहित मोरङ बेलवारी नगरपालिका-२ बस्ने ३३ वर्षीय रंजित मेहतालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-६ ठाकुरबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय अमर राई समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-४ सुनसरीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ५० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सोही नगरपालिका-४ आन्द्रामोड बस्ने ४२ वर्षीय भगत चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१४ राधेमाईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ८० मिलिग्राम सहित बारा विश्रामपुर गाउँपालिका-५ बस्ने २४ वर्षीय शेख अजादलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रोल्पा, रोल्पा नगरपालिका-६ रिमसक बस्ने २३ वर्षीय रिदम घर्तिमगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले रिदमको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-५ शान्तिनगर बस्ने २९ वर्षीय राकेश राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ९ सय मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले राकेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
मोरङ, लेटाङ नगरपालिका-९ जाँतेको मिलिजुली टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६२ मिलिग्राम सहित सोही नगरपालिका-३ कृतिमान बस्ने २९ वर्षीय दिनेश राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङ समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने २१ वर्षीय राज प्रधानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-१६ मजगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१६ डोक्रेना बस्ने सल्यान शारदा नगरपालिका-३ खलंगा घर भएका ३८ वर्षीय रविन्द्र कवर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
डोटी, जोरायल गाउँपालिका-२ मिल चौराहबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७ किलो ८५ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ दुर्गाथली गाउँपालिका-५ जाफ्री बस्ने २८ वर्षीय बिरेन्द्र जप्रेल र ४८ वर्षीय ओम जंग बहादुर कडायत रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले बा.७७ प ८७०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ६० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-११ बस्ने २८ वर्षीय जय राम तिरूवालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूकुम पश्चिम, मुसिकोट नगरपालिका-६ भण्डारीकाँडा बस्ने २७ वर्षीय बसन्त विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम र नगद २५ हजार रूपैयाँ सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले बसन्तको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
संखुवासभा, खाँदबारी नगरपालिका-१ बस्ने २६ वर्षीय चिरायु पोख्रेललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ५० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले चिरायुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ बाट एचएम होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय २० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २३ वर्षीय सचिन राई, दमक नगरपालिका-७ बस्ने ३० वर्षीया मिना राई र २६ वर्षीया प्रतिमा राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।