रसुवा बाढी : हालसम्म ९५ जनाको मृत्यु
२०८३-०५-१०
- A
- A-
- A+
काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार साँझ १९: १४ बजे सम्म ९५ जनाको मृत्यु भएको छ ।
जसमध्ये रसुवामा १ जना, नुवाकोटमा ११ जना, धादिङमा १८ जना, चितवनमा ३३ जना, गोरखामा १६ जना, तनहुँमा ५ जना र नवलपरासी पूर्वमा ११ जना गरी ९५ जनाको शव फेला परेको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।