प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित पक्राउ

२०८०-०७-२८

  • A
  • A-
  • A+
Share

कैलाली, गोदावरी नगरपालिका-८ श्रीपुर बस्ने २० वर्षीय अनित चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देकीने पदार्थ १ सय ५० मिलिग्रामसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट  श्रीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-६ चक्रघट्टीबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ६४ क्याप्सुल र स्पास्पेन ६१ ट्याब्लेटसहित सोही ठाउँ बस्ने १९ वर्षीय आशिष राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०६-२६

दाङ, घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ मर्पा बस्ने २२ वर्षीय सागर चौधरी र सोही उपमहानगरपालिका-७ नवलपुर बस्ने २५ वर्षीय शिसिर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले लु.प्र.०२-००१ प ९९४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९६ मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-५ बस्ने ३१ वर्षीय टंक राज भट्ट र सोही नगरपालिका-६ बस्ने २६ वर्षीय खगेन्द्र नाथ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-७ टेडियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ४० मिलिग्राम सहित लालझाडी गाउँपालिका-१ बिनाबारी बस्ने २६ वर्षीय राम जनम चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय बेलौरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ८७ ट्याब्लेट सहित गोदावरी नगरपालिका-१ बस्ने २१ वर्षीय दिक्षीत साँउदलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । भक्तपुर, सूर्यविनायक नगरपालिका-८ जगातीबाट अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित काठमाडौं कपन बस्ने खोटाङ हलेसी तुवाचुङ नगरपालिका-५ घर भएका ३० वर्षीय देबिन्द्र राईलाई आतइबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०८-००१ ज ०१४२ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक देबिन्द्रलाई पक्राउ गरेको हो ।  झापा, बाह्रदशी गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ रतुवामाई नगरपालिका-१० घर भएका ३० वर्षीय अनिष गुरूङ र सोही नगरपालिका-६ घर भएकी २१ वर्षीया रेजिना तोलाङ्गी रहेका छन् । प्रहरी चौकी फूलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, अर्जुनधारा नगरपालिका-६ पुर्वेलीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम सहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका-२ बस्ने ३३ वर्षीय डिक कुमार कोईराला, झापा अर्जुनधारा नगरपालिका-६ पुर्वेलीटोल बस्ने २४ वर्षीय सुजन खवास, २० वर्षीय पदम राई र २२ वर्षीय पुर्ण बहादुर राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले प्र.१-०१-००१ ह ९१७३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी अटो चालक डिक कुमार र अटोमा सवार सुजन, पदम र पूर्ण बहादुरलाई पक्राउ गरेको    हो । बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाइपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित बाँसगढी नगरपालिका-८ ककौरा बस्ने मधुवन नगरपालिका-८ लालीबजार घर भएका २१ वर्षीय सन्देश राना मगर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०६-२५

मोरङ, विराटनगर महानगरपालिका-१८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५२ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य अररिया जोगबनी कुश्मा-७ बस्ने १९ वर्षीय राजेश कुमार राय र ३५ वर्षीय राधा कृष्ण राय रहेका छन् । इलाका प्रहरी कार्यलाय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-७ कानेपोखरीबाट अवैध लागूऔषध गाँजा करिब १ किलो १८ ग्राम सहित धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने २२ वर्षीय मुस्कान राईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१३ तल्लो गैसारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय २६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय सुनिल सरदारलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-९ हाटखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय रिकेश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही महानगरपालिका-३ बस्ने २९ वर्षीय फैयाज अन्सारी समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छप्कैया समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मधेश प्रदेश ०३-०४१ प ४०२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-१५ बस्ने १९ वर्षीय सिधान्त सिंह समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.१६ प ४०३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ८० मिलिग्राम सहित मकवानपुर हेटौंडा उमहानगरपालिका-२ संगमचोक बस्ने २० वर्षीय राजु मानन्धरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, रोहिणी गाउँपालिका-५ तकडीहवाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ सय एम्पुल, बुप्रेनोर्फिन ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुल सहित भारत उत्तर प्रदेश महारजगंज नौतन्वा पर्सा थाना बस्ने १७ वर्षीय किशोरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ शान्ति टोल बस्ने २३ वर्षीय कर्ण मर्स्याङ्दी मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, गुलरिया नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने २५ वर्षीय दिपेश चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको भे.९ प ४७५४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  चितवन, रत्ननगर नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३६ ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब १ सय ३४ ग्राम सहित सोही नगरपालिका-२ बस्ने २९ वर्षीय डेभिड खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८३-०६-२४

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय २६ ट्याब्लेट र नाइट्राजेपाम ३ हजार ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जीतपुरसिमरा उपमहानगरपालिका-१४ घर भएका २२ वर्षीय अनन्त चौधरी र नुवाकोट तादी गाउँपालिका-४ घर भएकी २२ वर्षीया ईसिका थापा रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३६१९ नम्बरको सुमोलाई जाँच गर्नेक्रमा सुमोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, काठमाडौं महानगरपालिका-३१ संगम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-२९ मैतिदेवी बस्ने कैलाली टिकापुर नगरपालिका-१ घर भएका २१ वर्षीय अमन स्वार समेत ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्राम सहित लेटाङ नगरपालिका-५ बस्ने ३० वर्षीय विशेष मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३१ प २४७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, रंगेली नगरपालिका-८ झमनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम १ सय मिलिग्राम सहित कानेपोखरी गाउँपालिका-७ बस्ने २१ वर्षीय अर्पन जोगी समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले रंगेलीबाट कानेपोखरीतर्फ जाँदै गरेको को.२ ह ४१८२ नम्बरको सिटी सफारी जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक अर्पन समेत अटोमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८६ मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका-३ बस्ने २४ वर्षीय सुमन राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय भविन प्रधान, ३० वर्षीय रबिन कुमार प्रधान र सोही उपमहानगरपालिका-३ बस्ने ३१ वर्षीय मुकेन्द्र कुमार राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाइपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट छेडागाड नगरपालिका-१० घर भएका २२ वर्षीय कृष्ण जंग शाह र सुर्खेत भेरीगंगा नगरपालिका-४ घर भएका २७ वर्षीय पुरन बुढा मगर रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद १२ हजार ५ सय रूपैयाँ सहित सोही उपमहानगपालिका-१२ पदमपोखरी बस्ने २८ वर्षीय सुदास लोप्चनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   ललितपुर, महालक्ष्मी नगरपालिका-६ सानागाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ घर भएका २४ वर्षीय सुजन सुनारलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०६-२३

काठमाडौं, तारकेश्वर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन ३२ ग्राम ५ सय मिलिग्राम र नगद ३० हजार रूपैयाँ सहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा नौकुण्ड गाउँपालिका-४ घर भएका ३३ वर्षीय अमृत बराल, ३४ वर्षीय सुजन विश्‍वकर्मा, नुवाकोट तादी गाउँपालिका-१ घर भएका ३६ वर्षीय बसन्त ढकाल र विदुर नगरपालिका-८ घर भएका २३ वर्षीय सन्दिप कालिकोटे रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ भन्सार टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित दुहवी नगरपालिका-५ बस्ने ३१ वर्षीय शिशिर कुवरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नहाडा चोकबाट नियन्त्रित लागूऔषध डाईक्लोमाइन १ हजार ३ सय ९० ट्याब्लेट र ट्रामाडोल १ हजार ३ सय ९० ट्याब्लेट सहित उदयपुर चौदण्डीगढी नगरपालिका-३ बस्ने ३० वर्षीय अनुश मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले कान्छी चोकबाट उदयपुरतर्फ जाँदै गरेको प्रदेश ३-०२-००३ प २५९३ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकल छाडी चालक फरार भएपश्चात मोटरसाइकलमा सवार अनुशलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।  ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धि तफाखल पार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५० ट्याब्लेट सहित सोही महानगरपालिका-२८ हरिसिद्धि बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएका २१ वर्षीय आयुष सुनुवारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग हरिसिद्धीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उदयपुर, बेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-२० बिष्णुपादुका बस्ने २९ वर्षीय बिशाल राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी आम्बासीबाट खटिएको प्रहरीले बसाहाबाट फत्तेपुरतर्फ जाँदै गरेको प्र.१-०२-०४३ प ७०४२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-५ रानीजरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ प्रगतिशील टोल बस्ने २७ वर्षीय प्रकाश वलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, देवचुली नगरपालिका-१६ टागिकोट डेरा गरी बस्ने बुलिङटार गाउँपालिका-१ घर भएका २१ वर्षीय पूर्ण बहादुर मापछन समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट, भोमाइन ३० ट्याब्लेट र ऐनारगन ४५ ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहबरबाट खटिएको प्रहरीले पूर्ण बहादुरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-७ डुमटोल बस्ने २९ वर्षीय आशिष कुमार तामाङ समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले आशिषको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-६ बरगाछी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-७ डेरा गरी बस्ने भोजपुर षडानन्द नगरपालिका-७ घर भएका २५ वर्षीय सुर्य दर्जीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले रमाइलोबाट कानेपोखरीतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।भक्तपुर, मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६ सय १० ट्याब्लेट, नाईट्राभेट २६  ट्याब्लेट र नगद ६७ हजार ४ सय रूपैयाँ सहित ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने ३८ वर्षीय सुरज बानियालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, डुडुवा गाउँपालिका-१ पिपरहवाबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय राम नरेश कुर्मीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खडैचाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-९ महेन्द्रपुल बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ घर भएका २२ वर्षीय शुसिल रोक्कालाई नियन्त्रित लागूऔषध टापेन्टाडोल ३ सय १० ट्याबलेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-१ बनगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय बिबश चौधरी समेत २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।