प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आठ सय ८० ग्राम अवैध लागूऔषध चरेशसहित एकजना पक्राउ

२०८०-०८-०४

  • A
  • A-
  • A+
Share

कैलाली, धनगढी उपमहानगरपालिका-७ मनहेराबाट अवैध लागूऔषध चरेश ८ सय ८० ग्रामसहित बझाङ सुर्मा गाउँपालिका-२ डोरी बस्ने ६१ वर्षीय मोतीलाल बोहरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट मनहेराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध खैरो हेरोइन सहित चार जना पक्राउ
२०८३-०८-११

काठमाडौं, काठमाडौं महानगरपालिका-३२ बाट अवैध लागूऔषध खैरो हेरोइन ४७ ग्राम सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा शिवसताक्षी नगरपालिका-११ घर भएका ३४ वर्षीय कमल विश्वकर्मा र मेचीनगर नगरपालिका-४ घर भएका ३६ वर्षीय हेम कुमार कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ४० मिलिग्राम सहित बराहक्षेत्र नगरपालिका-२ बस्ने ३१ वर्षीय राजिप राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-४ देवा फुलबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ कसाई मोहल्ला बस्ने २२ वर्षीय मुन्सिद शाईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०८-११

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ किलो ५ सय ग्राम सहित भारत घर भएका ३२ वर्षीय शिव कुमार चौहानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बिमान एयरलाईन्सको उडानद्वारा ढाकाबाट काठमाडौं आएका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-७ बस्ने २७ वर्षीय अजय चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय रितेश राई र २७ वर्षीय अनिल राई रहेका छन् । प्रहरी चौकी मेचीपारी समेतबाट खटिएको प्रहरीले मे.४ प ९३७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बारा, बिश्रामपुर गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-‍८ गहवा टोल बस्ने ३१ वर्षीय बिनय महतो र सोही महानगरपालिका-७ रामटोल बस्ने ३० वर्षीय सहजाद शेख रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले ना.२७ प ५२३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  चितवन, राप्ती नगरपालिका-२ गड्यौली डेरा गरी बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-८ घर भएका २२ वर्षीय विशाल घिसिङ समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले विशालको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको  हो ।  यसैगरी चितवन, खैरहनी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीया अन्जु रिजाल र २५ वर्षीय सुमेश गान्धारी रहेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, मधुवन नगरपालिका-५ गोपालबस्ती बस्ने ३२ वर्षीय रमेश चौधरी समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्री समेतबाट खटिएको प्रहरीले रमेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-९ बेलुवा बस्ने २४ वर्षीय धन बहादुर खत्री समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम र नगद ४२ हजार ९ सय ४० रूपैयाँ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले धन बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  गुल्मी, रेसुङ्गा नगरपालिका-९ चारिखोला बस्ने सुन्तला सर्किनीलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ सय ४० ग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० एयरपोर्ट चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने सप्तरी घर भएका ३२ वर्षीय दिपक झा लाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०८-१०

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ३ किलो ९ सय २० ग्राम सहित भारत घर भएका २६ वर्षीय संजिव कुमारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले एयर इन्डियाको उडानद्वारा भारतको दिल्लीबाट नेपाल आएका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सिराहा, मिर्चैया नगरपालिका-३ बलुवा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका-११ बस्ने २० वर्षीय नितेश कुमार साह समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले म.प्र.०-२-०१० प ३९८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ ।   ललितपुर, ललितपुर महानगरपालिका-२४ भैंसीबजार धापाखेलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ग्राम सहित महालक्ष्मी नगरपालिका-९ लामाटार बस्ने हुम्ला घर भएका २७ वर्षीय सुमे फडेरालाई बुधबार राति प्रहरीले पक्राउ गरेको  छ । प्रहरी प्रभाग धापाखेलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-५ बढैयागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २२ वर्षीय भुपेन्द्र कुमार थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-५ बढैयागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय प्रबिन कुमार थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, भिमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ६ सय मिलिग्राम सहित कैलाली गोदावारी नगरपालिका-१० बस्ने २० वर्षीय जीवन लुहारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन २ सय मिलिग्राम सहित दोधारा चाँदनी नगरपालिका-६ बस्ने २० वर्षीय कुशल सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय राजेन्द्र कुँवरलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ वैरिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित  सोही ठाउँ बस्ने १९ वर्षीय सुमन कुमार यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बहेडाबेलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बिआर ३२ ए एल ८०१७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   दाङ, तुलसीपुर उपमहानगपालिका-१८ संग्राम खोला पुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४० ट्याब्लेट सहित घोराही उपमहानगरपालिका-१२ हापुर बस्ने सल्यान सारदा नगरपालिका-५ रानिकोट घर भएका २० वर्षीय पुर्ण परियार समेत ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बेलझुण्डीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   भोजपुर, भोजपुर नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-९ काफ्ले बस्ने २६ वर्षीय बिनय तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट पानीट्याङकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ प्रभातकालिन टोल बस्ने २८ वर्षीय बिनय अधिकारी समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले बिनयको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार १ जनाको खोजी गरिरहेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०८-०९

तनहुँ, म्याग्दे गाउँपालिका-४ थर्पु बजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६ एम्पुल, बुप्रेनोर्फिन ६ एम्पुल र फेनारगन ६ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ साउनेपानी बस्ने २३ वर्षीय अमर राना र शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारा बस्ने ३६ वर्षीय रबिन शेख रहेका छन् । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग.२२ प ३२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०८-०९

काठमाडौं, टोखा नगरपालिका-९ कुलान्त मार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं संखमुल बस्ने डोटी दिपायल सिलगढी नगरपालिका-२ घर भएका ३२ वर्षीय रूपेश श्रेष्ठ र काठमाडौं क्षेत्रपाटी बस्ने दाङ राप्ती गाउँपालिका-५ घर भएका २५ वर्षीय रिदम केसी रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तर्फको पार्किङ एरियाबाट अवैध लागूऔष गाँजा जस्तो देखिने वस्तु करिब ७ किलोग्राम सहित भारत केरेला घर भएका २९ वर्षीय अब्दुल नौसादलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । बाटिक एयरलाईन्सद्वारा मलेसियाबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-७ चाबाहिलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बसुन्धारा बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भएका २६ वर्षीय सलमान तामाङ र ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-५ घर भएका २५ वर्षीय अनिश राई रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०५३ प २०४८ र बा ६४ प ७४४१ नम्बरको स्कुटरहरू समेत बरामद गरेको छ । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध काठमाडौं बौद्ध बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका-७ घर भएका २१ वर्षीय निकेस सुनुवारसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले निकेसको कोठा तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ९५ ट्याब्लेट फेला परी निकेस तथा उक्त लागूऔषध कारोबारमा संलग्न झापा गौरादह नगरपालिका-८ घर भएका २१ वर्षीय दिवश गौतमलाई समेत पक्राउ गरेको छ ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ८ सय १० मिलिग्राम सहित मोरङ पथरी शनिश्चरे नगरपालिका-७ बस्ने १९ वर्षीय अनिमिश शिवा समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकही पूर्व बस स्टेनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित धरान उपमहानगरपालिका-८ भोटेपुल बस्ने ३३ वर्षीय रविन तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ राधामार्ग बस्ने २८ वर्षीय सुरेश राई समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले सुरेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ मुसहरी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम १ सय ४० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-४ बस्ने ३० वर्षीय सुधिर प्रसाद खनाल, सुनसरी इटहरी उपमहानगरपालिका-१६ बालग्राम बस्ने २६ वर्षीय अनिराज चौधरी र इनरूवा नगरपालिका-६ घोपाली टोल बस्ने २३ वर्षीय राम थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले प्र.१-०२-००४५ प ४३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-११ कुविर्ता चोक बस्ने ४८ वर्षीय प्रकाश तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम ७ सय ९० मिलिग्राम र नगद ५२ हजार ४ सय रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   इलाम, सूर्योदय नगरपालिका-२ ब्रिटिस धाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम १ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय दापेम्बा शेर्पालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ गैरीगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने २३ वर्षीय सयन मण्डल समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, कलैया उपमहानगरपलिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८६ मिलिग्राम सहित  सोही उपमहानगरपालिका-१ बस्ने २१ वर्षीय धिरज गुप्ता समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, राप्ती गाउँपालिका-३ मसुरिया बस्ने ३३ वर्षीय पुरन कामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।