अन्य जानकारीहरु
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०५-०५झापा, हल्दीबारी गाउँपालिका-२ पग्लाबारी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय आषिक हेमरमलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हल्दीबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१९ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८ ग्राम ६ सय मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-१ बस्ने ३३ वर्षीय धुर्व प्रसाद रिजाल समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश १-०२-०५२ प ६४८८ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यसैगरी मोरङ, जहदा गाउँपालिका-६ पोखरीया चोकबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित धनकुटा सहिदभूमी गाउँपालिका-३ छिङताङ बस्ने १८ वर्षिय किशोरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले बा.५ च ६७०६ नम्बरको कारमा नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१८ अधेरीकुना बस्ने ४० वर्षीय अनुप छत्कुलीलाई नियन्त्रित लागूऔषध टापेन्टाडोल ११ हजार ७ सय ६८ ट्याब्लेट सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ मुग्लिङ पुलजिपबाट नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल, फेनारगन १० एम्पुल र बुप्रेनोर्फिन १० एम्पुल सहित भारत घर भएका २३ वर्षीय भुलन खान समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको युपि ५६ बिके ६७६० नम्बरको कारमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । स्याङ्जा, वालिङ नगरपालिका-१ रामबाच्छा ठाटीबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३९ एम्पुल, डाईजेपाम ३८ एम्पुल र फेनारगन ३९ एम्पुल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सुवाश काफ्ले क्षेत्री र भीरकोट नगरपालिका-२ बयरघारी बस्ने २६ वर्षीय शहिद मिया रहेका छन् । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले ग.१८ प ५४९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-७ बज्राहा बस्ने ४३ वर्षीय संजिप भडारी चौधरीलाई अवैध लागूऔषध गाँजा १ किलो ३० ग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१ बाट सोही महानगरपालिका-३ बस्ने २१ वर्षीय रिशु रौनियार समेत ३ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र एनारगन ७५ ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८३-०५-०५काठमाडौं, नाबालिकाको चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका-७ बस्ने १९ वर्षीय सुदिप कटुवाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा नाबालिकासँग साथी बनेर प्रलोभनमा पारी अश्लिल सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरी चरित्र हत्या गर्ने र रकम समेत माग गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८३-०५-०५गोरखा, सिरानचोक गाउँपालिका-६ नयाँसाँघुबाट भरूवा बन्दुक १ थान सहित भिमसेन थापा गाउँपालिका-२ सुनार गाउँ घर भएका ४३ वर्षीय प्रेम सुनारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नयाँसाँघु समेतबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८३।०५।०५ गते १३;०० बजे सम्म ।
- प्रहरी निरीक्षक (जनपद) पदको विशेष स्वास्थ्य परीक्षणको नतिजा र सक्षमता परीक्षण तथा अन्तर्वार्ता तालिका प्रकाशन सम्बन्धी सूचना (२०८३-०४-२५)
- प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकको पदस्थापन सम्बन्धमा ।
- प्राविधिक प्रहरी निरीक्षकको पदस्थापन सम्बन्धमा ।
- प्राविधिक प्रहरी नायव उपरीक्षकहरुको पदस्थापन सम्बन्धमा ।
- प्राविधिक प्रहरी उपरीक्षकहरुको पदस्थापन सम्बन्धमा ।
- प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकको पदस्थापन सम्बन्धमा ।
रिपोर्ट तथा प्रकाशन