अन्य जानकारीहरु
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
कम्पनीको कागजात दुरूपयोग गरी ईसेवा मार्फत कारोबार गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८२-०९-२५काठमाडौं, कम्पनीको कागजात दुरूपयोग गरी ईसेवा मार्फत कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कीर्तिपुर नगरपालिका-७ बस्ने १९ वर्षीय क्रमिक उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।वाइड स्पेस इन्टरनेश्नल प्रालिका नाममा आन्तरिक राजश्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर लगायतका कागजातहरुको दुरूपयोग गरी ईसेवा मर्चेन्ट वालेट र ईसेवा वालेट खोली गैरकानूनी रुपमा आर्थिक कारोबार गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा ईसेवा मर्चेन्ट आईडीबाट ५६ लाख ३३ हजार ६ हजार ३ सय ७६ रूपैयाँ र ईसेवा वालेटबाट ५६ लाख ३१ हजार ६ सय ३ रूपैयाँ ७६ पैसा बराबरको कारोबार गरेको खुल्न आएको छ । साथै प्रहरीले उनको साथबाट ल्यापटप १ थान, मोबाइल २ थान, विभिन्न कम्पनीका सिमकार्ड २० थान, पेन ड्राईभ १ थान र मेमोरी कार्ड १ थान समेत बरामद गरेको छ । उनलाई बैंकिङ कसुर र सट्टेबाजी जन्य कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८२-०९-२५दाङ, घोराही उपमहानगरपालिका-१४ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४७ ग्राम ६ सय ७० मिलिग्राम र नगद ८५ हजार ८ सय रूपैयाँ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१४ खोलीगाउँ बस्ने ३४ वर्षीय सुशिल गहतराज र ३२ वर्षीय अम्मर वली रहेका छन् । अस्थायी प्रहरी पोष्ट घोराही बसपार्कबाट खटिएको प्रहरीले लु.८० प ६३११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
स्रोत नखुलेको नगद सहित एक जना पक्राउ
२०८२-०९-२५मोरङ, विराटनगर महानगरपालिका-१७ बाट स्रोत नखुलेको नगद ३ लाख ३ हजार १ सय रूपैयाँ सहित भारत बिहार अररिया फारबिसगन्ज बस्ने ५५ वर्षीय नन्दलाल बाहेतीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारत जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको बीआर ३८ एए ८३०६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- जनपद प्रहरी समूहतर्फको प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८२।०९।२५ गते ) ।
- जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक निरीक्षकहरुको बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८२।०९।२५ गते) ।
- प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा कार्यक्रम निर्धारण सम्बन्धी सूचना (२०८२-०९-२४)
- जनपद प्रहरी समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको । (मिति: २०८२।०९।२३ गते ।)
- जनपद प्रहरी समूहतर्फ प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८२।०९।२२ गते) ।
- Expression of Interest (2082-09-22)
- प्रहरी कल्याण कोषको मुद्दती निक्षेप लगानी सम्बन्धी सूचना ।
रिपोर्ट तथा प्रकाशन