प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

२०८३-०७-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-६ मुलपानी क्रिकेट ग्राउण्ड नजिक टहरामा जुवा (ओखर) खेलिरहेको अवस्थामा गोकर्णेश्‍वर नगरपालिका-६ नयाँबस्ती बस्ने नुवाकोट घर भएकी ३३ वर्षीया अन्जली पुडासैनी सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ८ सय ५५ रूपैयाँ र  ओखर ११ थान सहित पक्राउ गरेको हो । 

सुनसरी, इटहरी उपमहानगरपालिका-१७ बालग्राम बस्ने विनोद पोखरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय विक्रम गिरी सहित ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलिबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ३ सय १० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

डोल्पा, ठुलीभेरी नगरपालिका-७ जुफाल बजार बस्ने ४२ वर्षीय धनलाल बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा बोहरा समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जुफालबाट खटिएको प्रहरीले  उनीहरूलाई नगद ६ हजार ६ सय ३० रूपैयाँ, तास १ सय ५९ पत्ति र कौडा ४५ थान सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा ६४ जना पक्राउ
२०८३-०७-१८

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ डेरा गरी बस्ने नुवाकोट घर भएकी ४१ वर्षीया प्रतिभा तिमिल्सेनाको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रतिभा समेत २१ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ लाख २९ हजार ६ सय रूपैयाँ, ३३ थान कौडा र १७ बुक तास सहित पक्राउ गरेको हो ।  चितवन, खैरहनी नगरपालिका-८ पानीटंकी चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने जमौली बस्ने ५९ वर्षीय लक्ष्मण खरेल समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार ९ सय ९५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी चितवन, भरतपुर महानगरपालिका-१६ नबिन चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१६ बस्ने २८ वर्षीय सुरज गुरूङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ९ सय ९० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  बागलुङ, बागलुङ नगरपालिका-२ हल्लनचोक बस्ने ६४ वर्षीय अमर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा अमर समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६४ हजार ९ सय २५ रूपैयाँ र ४ सय ३८ पत्ति तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ बाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६७ वर्षीय हरिदत्त पाण्डेय समेत ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ६ सय ४० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  तनहुँ, ब्यास नगरपालिका-१२ घाँशिकुवास्थित तामाङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा खाजा घर संचालक सोही नगरपालिका-१ भादगाउँ बस्ने ४३ वर्षीय बल बहादुर गुरूङ समेत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ४ सय १५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  रोल्पा, रून्टीगढी गाउँपालिका-७ होलेरी हाटबजारस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ५० वर्षीय दिल बहादुर खड्का समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १७ हजार ७ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०७-१५

ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने ४१ वर्षीय रामबाबु केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा रामबाबु समेत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार ७ सय १० रूपैयाँ र १५ बुक तास सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-१ मेन्थास्थित जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ४१ वर्षीय सन्तोष भण्डारी समेत ४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ४ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ
२०८३-०७-१३

तनहुँ, ब्यास नगरपालिका-३ सृजनाटोल बस्ने ५३ वर्षीय रबिन कुमार श्रेष्ठले सञ्चालन गरेको रश्मी नेवारी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा रबिन कुमार समेत ८ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार २ सय ३० रूपैयाँ र २ सय ११ पत्ती तास सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-७ गौतमचोक बस्ने तेज बहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा तेज बहादुर समेत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ३ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेदकोट नगरपालिका-१० सिसैया नयाँ गाउँ बस्ने ३८ वर्षीय बिशाल केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा बिशाल समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ६ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-६ स्थित एकान्त होटलमा जुवातास खेलिरहेको अवस्थामा सल्यान कुमाख गाउँपालिका-५ बस्ने २९ वर्षीय प्रजित पुनमगर समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५९ हजार ५ सय ६० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।