जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८३-०७-११
- A
- A-
- A+
धनकुटा, पाख्रीबास नगरपालिका-४ पाख्रीबास बजारबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ३७ वर्षीय टेकनाथ अधिकारी समेत ११ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ५ सय २७ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।