प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ

२०८३-०७-१३

  • A
  • A-
  • A+
Share

तनहुँ, ब्यास नगरपालिका-३ सृजनाटोल बस्ने ५३ वर्षीय रबिन कुमार श्रेष्ठले सञ्चालन गरेको रश्मी नेवारी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा रबिन कुमार समेत ८ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार २ सय ३० रूपैयाँ र २ सय ११ पत्ती तास सहित पक्राउ गरेको हो । 

चितवन, भरतपुर महानगरपालिका-७ गौतमचोक बस्ने तेज बहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा तेज बहादुर समेत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ३ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, बेदकोट नगरपालिका-१० सिसैया नयाँ गाउँ बस्ने ३८ वर्षीय बिशाल केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा बिशाल समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ६ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

दाङ, तुलसीपुर उपमहानगरपालिका-६ स्थित एकान्त होटलमा जुवातास खेलिरहेको अवस्थामा सल्यान कुमाख गाउँपालिका-५ बस्ने २९ वर्षीय प्रजित पुनमगर समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५९ हजार ५ सय ६० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा ६४ जना पक्राउ
२०८३-०७-१८

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ डेरा गरी बस्ने नुवाकोट घर भएकी ४१ वर्षीया प्रतिभा तिमिल्सेनाको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रतिभा समेत २१ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ लाख २९ हजार ६ सय रूपैयाँ, ३३ थान कौडा र १७ बुक तास सहित पक्राउ गरेको हो ।  चितवन, खैरहनी नगरपालिका-८ पानीटंकी चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने जमौली बस्ने ५९ वर्षीय लक्ष्मण खरेल समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार ९ सय ९५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी चितवन, भरतपुर महानगरपालिका-१६ नबिन चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१६ बस्ने २८ वर्षीय सुरज गुरूङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ९ सय ९० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  बागलुङ, बागलुङ नगरपालिका-२ हल्लनचोक बस्ने ६४ वर्षीय अमर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा अमर समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६४ हजार ९ सय २५ रूपैयाँ र ४ सय ३८ पत्ति तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ बाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६७ वर्षीय हरिदत्त पाण्डेय समेत ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ६ सय ४० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  तनहुँ, ब्यास नगरपालिका-१२ घाँशिकुवास्थित तामाङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा खाजा घर संचालक सोही नगरपालिका-१ भादगाउँ बस्ने ४३ वर्षीय बल बहादुर गुरूङ समेत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ४ सय १५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  रोल्पा, रून्टीगढी गाउँपालिका-७ होलेरी हाटबजारस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ५० वर्षीय दिल बहादुर खड्का समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १७ हजार ७ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०७-१५

ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने ४१ वर्षीय रामबाबु केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा रामबाबु समेत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार ७ सय १० रूपैयाँ र १५ बुक तास सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-१ मेन्थास्थित जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ४१ वर्षीय सन्तोष भण्डारी समेत ४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ४ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ
२०८३-०७-०९

सुनसरी, इटहरी उपमहानगरपालिका-४ शान्ति चोकस्थित द स्टंन होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ३७ वर्षीय मोहन घिमिरे समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका वडा प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ५६ हजार १ सय ८० रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको   हो ।  भक्तपुर, चाँगुनारायण नगरपालिका-४ हलचाप बस्ने ५४ वर्षीय धुर्व श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा धुर्व समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९० हजार ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-६ मटियारी बस्ने ४५ वर्षीय हरि दयाल रानाको घरमा जुवातास खेलिरहेको अवस्थामा हरि समत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ५ रूपैयाँ सहित पक्राउ गरेको हो ।  अछाम, मंगलसेन नगरपालिका-५ मंगलसेन बजार बस्ने ४८ वर्षीय नृप बहादुर बिष्टको घरमा जुवातास खेलिरहेको अवस्थामा नृप बहादुर समेत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ५ सय २५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।