जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०७-१५
- A
- A-
- A+
ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने ४१ वर्षीय रामबाबु केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा रामबाबु समेत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार ७ सय १० रूपैयाँ र १५ बुक तास सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-१ मेन्थास्थित जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ४१ वर्षीय सन्तोष भण्डारी समेत ४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ४ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।