हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०८-०१
- A
- A-
- A+
सिन्धुली, आफ्नै श्रीमती ३९ वर्षीया सानु कुमारी कार्कीको हत्या गरेको अभियोगमा कमलामाई नगरपालिका-१० डाँडाटोल बस्ने ४१ वर्षीय मनोज कार्कीलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
मनोजले सामान्य विवादको क्रममा ढुङ्गाको लोहोरो प्रहार गर्दा सानु कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।