चोरीमा संलग्न व्यक्तिहरू पक्राउ
२०८३-०७-२०
- A
- A-
- A+
काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१ नक्साल बस्ने २५ वर्षीय प्रितम गुरूङ र २९ वर्षीया प्रिया गुरूङ रहेका छन् ।
काठमाडौं महानगरपालिका-१ लाल दरबारस्थित घरबाट सोमबार सुन तथा चाँदीका गरगहना र नगद चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुनको जस्तो देखिने विभिन्न गरगहना र नगद ३ लाख ४८ हजार रूपैयाँ समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।