प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ

२०८३-०७-१९

  • A
  • A-
  • A+
Share

रौतहट, ईशनाथ नगरपालिका-४ महुलिया काली मन्दिर नजिकबाट स्रोत नखुलेको नगद ३० लाख रूपैयाँ सहित भारत बिहार राज्य पूर्वी चम्पारन ग्राम फुलबरिया-१३ बस्ने ३० वर्षीय सनि कुमार जैसवाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी मठिया मौलियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०५-००१ प ०५७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त नगद गौर नगरपालिका-१ स्थित न्यू तराई ट्रेडर्सका संचालक ५१ वर्षीय शेख कमरूललाई दिन ल्याएको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त ट्रेडर्स तलासी गर्दा स्रोत नखुलेको नगद १४ लाख ६४ हजार ६ सय ५ रूपैयाँ फेला पारी शेखलाई समेत पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
चोरीमा संलग्न व्यक्तिहरू पक्राउ
२०८३-०७-२०

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१ नक्साल बस्ने २५ वर्षीय प्रितम गुरूङ र २९ वर्षीया प्रिया गुरूङ रहेका छन् ।  काठमाडौं महानगरपालिका-१ लाल दरबारस्थित घरबाट सोमबार सुन तथा चाँदीका गरगहना र नगद चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुनको जस्तो देखिने विभिन्न गरगहना र नगद ३ लाख ४८ हजार रूपैयाँ समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सार्वजनिक बसमा अभद्र व्यवहार गर्ने तीन जना पक्राउ
२०८३-०७-२०

कञ्चनपुर, सार्वजनिक बसमा अभद्र व्यवहार गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-९ मटैना बस्ने २१ वर्षीय शमिर बिष्ट, २४ वर्षीय अनिल नाथ र सोही नगरपालिका-३ तिलकेनी बस्ने २१ वर्षीय जिवन बम रहेका छन् । उनीहरूले काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको सु.प.प्र.०२-००१ ख १५६३ नम्बरको रात्रि बसमा सवार महिला यात्रुलाई मंगलबार हातपात तथा अभद्र व्यवहार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।