प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

२०८३-०७-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे बनेपा नगरपालिका-६ बस्ने ४० वर्षीय सुबिन बैदार र काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने गोरखा घर भएका ३२ वर्षीय दुर्गा गुरूङ बस्नेत रहेका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंको २०८३ असार ३२ गतेको फैसलाले  बैंकिङ कसुर मुद्दामा १ करिड ५१ लाख जरिवाना र १ वर्ष कैद सजाय ठहर भई फरार रहेका सुबिनलाई काभ्रे बनेपा नगरपालिका-७ बनेपाबाट बुधबार पक्राउ गरेको हो । यसैगरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका दुर्गालाई काठमाडौं नागार्जुन नगरपलिका-१ रानीवनबाट मंगलबार पक्राउ गरेको हो । 

पक्राउ मध्ये सुबिनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने दुर्गालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।


सम्बन्धित समाचार
अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०७-१९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने मोरङ घर भएका ५६ वर्षीय पुण्य प्रसाद निरौला र काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने २० वर्षीया श्रेया श्रेष्ठ रहेका छन् ।    पक्राउ मध्ये पुण्य प्रसादले अजरवैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३२ लाख रूपैयाँ र श्रेयाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पुण्य प्रसादलाई काठमाडौं महानगरपालिका-२६ बाट र श्रेयालाई काठमाडौं तारकेश्वर नगरपालिका-१० बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८३-०७-१९

रौतहट, ईशनाथ नगरपालिका-४ महुलिया काली मन्दिर नजिकबाट स्रोत नखुलेको नगद ३० लाख रूपैयाँ सहित भारत बिहार राज्य पूर्वी चम्पारन ग्राम फुलबरिया-१३ बस्ने ३० वर्षीय सनि कुमार जैसवाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मठिया मौलियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०५-००१ प ०५७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त नगद गौर नगरपालिका-१ स्थित न्यू तराई ट्रेडर्सका संचालक ५१ वर्षीय शेख कमरूललाई दिन ल्याएको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त ट्रेडर्स तलासी गर्दा स्रोत नखुलेको नगद १४ लाख ६४ हजार ६ सय ५ रूपैयाँ फेला पारी शेखलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०७-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने धादिङ घर भएकी २० वर्षीया आशिका सिम्खडा, काठमाडौं महानगरपालिका-३२ बस्ने उदयपुर घर भएका ४६ वर्षीय बिष्णु खत्री, काठमाडौं महानगरपालिका-१ बस्ने सिन्धुली घर भएका ३५ वर्षीय दिनेश पाख्रेन तामाङ, काठमाडौं टोखा नगरपालिका-६ बस्ने गोरखा घर भएका ३८ वर्षीय राजेश बराम र काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४८ वर्षीय छिरिङ शेर्पा रहेका छन् ।  पक्राउ मध्ये आशिकाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, बिष्णुले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, दिनेशले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, राजेशले सिंगापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख ५० हजार रूपैयाँ र छिरिङले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आशिकालाई काठमाडौं महानगरपालिका-१६ बाट बिहीबार, बिष्णुलाई काठमाडौं महानगरपालिका-३२ बाट र दिनेशलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार, राजेशलाई काठमाडौं महानगरपालिका-६ बाट शनिबार तथा छिरिङलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बाट आइतबार पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चाँदी जस्तो देखिने विभिन्न सामानहरू सहित दुई जना पक्राउ
२०८३-०७-१७

पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सियाबाट ३ सय २३ ग्राम १ सय ३० मिलिग्राम तौलको चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न सामानहरू सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ नगवा बस्ने ३६ वर्षीय राम प्रकाश सर्राफ र ३९ वर्षीय कृष्ण सहनी रहेका छन् । इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरीले बीआर ०५ बिके ४४१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त सामानहरू सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पठाइएको छ ।