हात्तीको दाह्रा जस्तो देखिने आखेटोपहार सहित तीन जना पक्राउ
२०८३-०८-०६
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बाट २ किलो ७ सय ग्राम तौल बराबरको संरक्षित वन्यजन्तु हात्तीको दाह्रा जस्तो देखिने आखेटोपहार १ थान सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४९ वर्षीय मान बहादुर गोले, सोही उपमहानगरपालिका-१० बस्ने ७९ वर्षीय चतुर सिं लामा वाईबा र रौतहट घर भएका ५८ वर्षीय श्रीबहादुर जिम्बा रहेका छन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय राप्ती, मनहरी मकवानपुर पठाइएको छ ।