हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०८-०८
- A
- A-
- A+
रूपन्देही, आफ्नै श्रीमान् ५२ वर्षीय कमल कुमालको हत्या गरेको अभियोगमा गैडहवा गाउँपालिका-८ शिव मन्दिरटोल बस्ने ५० वर्षीया लक्ष्नी कुमाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लक्ष्नीले दाउरा प्रहार गर्दा कमल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका कमलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै भैरहवा मेडिकल कलेजमा थप उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।