दुई थान भरूवा बन्दुक सहित पक्राउ
२०८३-०८-०८
- A
- A-
- A+
मकवानपुर, भिमफेदी गाउँपालिका-१ रातोमाटे बस्ने ३५ वर्षीय सुमन भन्ने पन्च बहादुर थिङलाई भरूवा बन्दुक २ थान सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले पन्च बहादुरको घर तलासी गर्दा उक्त बन्दुकहरू फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।