सार्वजनिक बसमा अभद्र व्यवहार गर्ने तीन जना पक्राउ
२०८३-०७-२०
- A
- A-
- A+
कञ्चनपुर, सार्वजनिक बसमा अभद्र व्यवहार गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-९ मटैना बस्ने २१ वर्षीय शमिर बिष्ट, २४ वर्षीय अनिल नाथ र सोही नगरपालिका-३ तिलकेनी बस्ने २१ वर्षीय जिवन बम रहेका छन् ।
उनीहरूले काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको सु.प.प्र.०२-००१ ख १५६३ नम्बरको रात्रि बसमा सवार महिला यात्रुलाई मंगलबार हातपात तथा अभद्र व्यवहार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।