जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८३-०८-०९
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-७ घारीपाटनबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१७ बस्ने ४४ वर्षीय शंकर श्रेष्ठ समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २ हजार २ सय २० रूपैयाँ र २ सय ८ पत्ति तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।