बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०८-१२
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने सोही महानगरपालिका-२९ घर भएका ५६ वर्षीय सुरेन्द्र बहादुर श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगपालिका-७ चाबहिलबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।