प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट आपराधिक गतिविधिमा संलग्न १२१ जना व्यक्तिहरू पक्राउ

२०८३-०८-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट १ महिला सहित १ सय २१ जना व्यक्तिहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  

काठमाडौं उपत्यका भित्र सञ्चालन हुने सार्वजनिक यातायातहरूमा यात्रा गर्ने यात्रुहरूको नगद, मोबाइल फोन, गरगहना, व्यक्तिगत सामान चोरी गर्ने, पाकेटमारी, लुटपाट तथा महिलाहरू माथि दुर्व्यवहार तथा दुःख हैरानी दिने जस्ता आपराधिक कार्य हुने गरेको भन्ने जन-गुनासोको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु एवम् मातहत कार्यालयबाट खटिएको प्रहरीले शुक्रबार बिहान ५ बजे देखि ‘सुरक्षित यात्रा’ नामक विशेष Operation सञ्चालन गरी उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

जसमध्ये काठमाडौंको बालाजु, नयाँबसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, कलंकी, कालिमाटी, स्वयम्भू, बल्खु, मालिगाउँ, थानकोट, रत्नपार्क र सुन्धाराबाट १ महिला सहित १०१ जनालाई पक्राउ गरिएको हो । यसैगरी ललितपुरको सानेपा, सातदोबाटो, इमाडोल, लगनखेल र पुल्चोकबाट ११ जना पुरूष तथा भक्तपुरको ठिमी, लोकन्थली, बालकोट, कौशलटार र सल्लाघारीबाट ९ जना पुरूषहरूलाई पक्राउ गरिएको हो । 

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०८-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ बस्ने रामेछाप मन्थली नगरपालिका-३ घर भएका २१ वर्षीय आयुष बाबु भट्टराई, टोखा नगरपालिका-८ बस्ने नवलपरासी पूर्व कावासेती नगरपालिका-१ घर भएकी ३७ वर्षीया विनु गुरूङ र काठमाडौं महानगरपालिका-१५ घर भएका रसुवा आमाछोदिङमो गाउँपालिका-१ घर भएका ३७ वर्षीय फुर्पा तेन्जेन लामा रहेका छन् । पक्राउ मध्ये आयुषले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, विनुले इन्डोनेसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ र फुर्पाले कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आयुषलाई काठमाडौं महानगपालिका-९ बाट र विनुलाई काठमाडौं महानगरपालिका-२६ बाट बिहीबार तथा फुर्पालाई काठमाडौं महानगरपालिका-१५ बाट शुक्रबार पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न तीन जना पक्राउ
२०८३-०८-११

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर पुरानो बसपार्क बस्ने ललितुपर, ललितपुर महानगरपालिका-६ सुन्धारा घर भएका ३६ वर्षीय प्रवेश मुनि शाक्य, सोही महानगरपालिका-७ दुपाट बस्ने ३७ वर्षीय अमित महर्जन र सोही महानगरपालिका-७ ग्वार्को बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-४ घर भएका २९ वर्षीय गोविन्द लामा रहेका छन् ।ललितपुर महानगरपालिका-१५ डेरा गरी बस्ने बाँके कोहलपुर नगरपालिका-१० घर भएका २६ वर्षीय मनिष श्रेष्ठको फ्ल्याटबाट सुन, चाँदी, नगद तथा जिन्सी धनमाल बुधबार चोरी भएको घटनको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना, मोबाइल ४ थान र नगद १ लाख ८५ हजार ६ सय २० रूपैयाँ समेत बरामद गरेको छ । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्यासिनोमा अनाधिकृत रूपमा नेपाली प्रवेश गराई जुवा खेल्ने/खेलाउने १२ जना पक्राउ
२०८३-०८-११

पर्सा, क्यासिनोमा अनाधिकृत रूपमा नेपाली प्रवेश गरी/गराई जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका बस्ने ६२ वर्षीय बिजय अग्रवाल, ३० वर्षीय सन्तोष कुमार यादव, २४ वर्षीय अनुराग कुमार, ४८ वर्षीय दिपक साह, पर्सागढी गाउँपालिका बस्ने २६ वर्षीय दिनेश साह, ३७ वर्षीय प्रभु साह तुरहा, बारा कलैया उपमहानगरपालिका बस्ने ४० वर्षीय नरेश प्रसाद, काभ्रे घर भएका ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुली घर भएका बस्ने २७ वर्षीय बिनोद कुमार लो, काठमाडौं घर भएका ४० वर्षीय राजेश श्रेष्ठ, बैतडी घर भएका ५४ वर्षीय तिलक प्रसाद भट्ट र सिराहा घर ४६ वर्षीय दिपक राज पराजुली रहेका छन् ।  वीरगंज महानगरपालिका-१० लोहारपट्टी चोकस्थित Fortune City Gaming Club Pvt. Ltd. मा नेपालीहरू प्रवेश गराई जुवा खेलाई रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।