प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

२०८३-०१-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-३ हेम्पाडाँडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८ सय १४ एम्पुल, फेनारगन ५ सय ३२ एम्पुल, नोर्फिन ९ सय ४० एम्पुल र नगद ६८ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ घर भएका २३ वर्षीय मिङमार बम्जन र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ घर भएकी १८ वर्षीया किशोरी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूको कोठाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

यसैगरी काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध फेनारगन ४० एम्पुल, ब्रुप्रेनोर्फिन ४७ एम्पुल  र डाईजेपाम ३८ एम्पुल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर बस्ने अर्घाखाँची घर भएका ३० वर्षीय अजय परियार र ३० वर्षीय निश्चल मानन्धर रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा.७० प ७६१२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका-२९ बाट नियन्त्रित लागूऔषध डाईजेपाम २५ एम्पुल, नोर्फिन २५ एम्पुल र फेनारगन २५ एम्पुल सहित सोही महानगरपालिका-२९ मैतीदेवी बस्ने ३५ वर्षीय बिक्की लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मोरङ, रतुवामाई नगरपालिका-१ हटिया डाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय ७५ ग्राम ८ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ सोनापुर बस्ने २१ वर्षीय मो. आविद मियालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडि ५३९० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

  मकवानपुर, मनहरी गाउँपालिका-९ च्यानडाँडाबाट अवैध लागूऔषध गाँजा १७ किलो ५ सय ४६ ग्राम सहित राक्सिराङ गाउँपालिका-२ बस्ने २३ वर्षीय सुबास मोक्तानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले भावरबाट खरंगातर्फ आउँदै गरेको बा.प्र.०३-००५ प ७०८० नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

चितवन, कालिका नगरपालिका-६ क्लब चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६४ ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब ७ सय ५० ग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय सुजित पाख्रिन र ३७ वर्षीय सुमन पाख्रिन रहेका छन् । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्राम र ट्रामाडोल ६० ट्याब्लेट सहित सल्यान शारदा नगरपालिका-७ बस्ने २३ वर्षीय भुवन रेउलेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम सहित शान्तिनगर गाउँपालिका-५ बस्ने २९ वर्षीय उद्धव शाहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फक्राउ गरेको हो । 

तनहुँ, ब्यास नगरपालिका-४ चुरेखोल्सीबाट नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, बुप्रेनोर्फिन १४ एम्पुल र फेनारगन १५ एम्पुल सहित ब्यास नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले ग.१० प १६१ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-१६ जोरसखुवा पुण्य मार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार १ सय ट्याब्लेट र स्पास्पेन १४ हजार ५० ट्याब्लेट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय राहुल आचार्य र सोही उपमहानगरपालिका-११ गोदावरी चोक बस्ने १९ वर्षीय रोहित रिजाल रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ बरगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१४ बस्ने ३५ वर्षीय निश्चल बस्नेतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले को.८ प ६३८५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०७-२१

काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने मकवानपुर राक्सिराङ गाउँपालिका-५ घर भएकी ३५ वर्षीया सजिना थिङ समेत २ जनालाई  नियन्त्रित लागूऔषध ट्रमाडोल ५ सय ९० ट्याब्लेट र नगद ६२ हजार ८ सय ५० रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले सजिनाको कोठा तसासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१३ करेखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम १ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१३ बस्ने २३ वर्षीय रूपेश घर्ती मगर समेत २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा सोही नगरपालिका-१२ बस्ने ३१ वर्षीय बालराम पौडेल र ३५ वर्षीय नवराज चालिसेको संलग्नता रहेको खुल्न आएपश्‍चात प्रहरीले उनीहरूलाई अवैध लागूऔषध खैरो हेरोइन ८ ग्राम ८ सय ३० मिलिग्राम सहित पक्राउ गरेको छ । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम २ सय मिलिग्राम सहित म्याग्दी रघुगंगा गाउँपालिका-४ बस्ने २७ वर्षीय सन्दिप शेरपुन्जालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ६६९० नम्बरको हाइसलाई जाँच गर्ने क्रममा हाइसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । प्युठान, प्युठान नगरपालिका-२ जुम्रीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ७ सय १० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २५ वर्षीय विश्‍वास केसी समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय प्युठान र अस्थायी प्रहरी पोष्ट बागदुलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, रंगेली नगरपालिका-४ चोप्राहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २३ मिलिग्राम सहित पथरीशनिश्चरे नगरपालिका-८ शुक्रबारे बस्ने २६ वर्षीय खिम बहादुर कटुवाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-८ चौर्वाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने २२ वर्षीय जितेन मण्डललाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले स.७ प ६२६६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।चितवन, भरतपुर महानगरपालिका-९ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र भोमिन २० ट्याब्लेट सहित रत्ननगर नगरपालिका-१३ बस्ने २६ वर्षीय सुमन थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीले ना. ६२ प ८४५८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-२ मनकामना टोल बस्ने ६० वर्षीय महादेव मेहतलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ८ सय ६४ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८३-०७-२०

झापा, दमक नगरपालिका-७ बुद्ध मार्ग टोल डेरा गरी बस्ने २५ वर्षीय शंकर मण्डललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम १० मिलिग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले शंकरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका-२ भाङबारी बस्ने २५ वर्षीय अतित राना मगरसँग खरिद गरेको भन्ने खुल्नासाथ अतितको कोठा तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।   सुनसरी, कोशी गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी नगरपालिका-२ बस्ने २४ वर्षीय निश्चल कटवाल र सोही नगरपालिका-९ बस्ने २१ वर्षीया अन्शु पोखरेल रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५३ प ६२४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इनरूवा नगरपालिका-३ महेन्द्र चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय नबिन कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको को. ३१ प ८९८६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  सिराहा, मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ३ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २७ वर्षीय कृष्ण कुमार यादव र कल्याणपुर नगरपालिका-४ बस्ने २० वर्षीय सुरेन्द्र यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले बागमती प्र.०२-००५ प ३७०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।  काभ्रे, पाँचखाल नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४७ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ३२ वर्षीय सरोज रम्तेल र सोही नगरपालिका-७ बस्ने २४ वर्षीय सुदिप मिजार रहेका छन् । प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१२ बस्ने ३९ वर्षीय तिर्थ बहादुर खाम्चालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२-००१ ज ०९५४ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, उर्लाबारी नगरपालिका-१ झारसादीबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ४० ट्याब्लेट र ट्रामाडोल १ सय ४० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २६ वर्षीय राम कुमार परियारलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ वेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५० ट्याब्लेट सहित मकवानपुर मनहरी गाउँपालिका-९ बस्ने १८ वर्षीय किशोरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट पोखरातर्फ आउँदै गरेको प्र.२-०३-००१ ख ११९१ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध  सहित फेला पारी पक्राउ गरेको हो ।  अछाम, साँफेबगर नगरपालिका-४ बस्ने २५ वर्षीय उमेश सुनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उमेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   उदयपुर, चौदण्डीगढी नगरपालिका-३ भोर्लेनी डेरा गरी बस्ने त्रियुगा नगरपालिका-१२ घर भएका २७ वर्षीय सुशान्त राउतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले सुशान्तको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २९ वर्षीय सर्वन बानिया र २९ वर्षीय राजा बानियाँ रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मकवानपुर, राक्सिराङ गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा करिब २२ किलो ५४ ग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ रिन्चिराङ बस्ने २५ वर्षीय रेवन प्रजा र २० वर्षीय जेन्सन प्रजा रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ
२०८३-०७-१९

झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ८० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ गिरिबन्धु टोल बस्ने ४३ वर्षीय बिनोद श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ मिलनचोक बस्ने ३१ वर्षीय सुनिल कुमार थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले सुनिलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-६ रझेना बस्ने २४ वर्षीय सुनिल थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले सुनिलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३-०७-१९

मोरङ, विराटनगर महानगरपालिका-१२ रोडषेशस्थित बिरेन्द्र होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ ग्राम ५ मिलिग्राम र डिजिटल तराजु १ थान सहित होटल संचालक सोही महानगरपालिका-११ बस्ने ३५ वर्षीय निकु सिंहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ प्रगतिटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २५ वर्षीय नितेस सुनार र सोही नगरपालिका-३ बस्ने २७ वर्षीय सुरेश शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, गोदावरी नगरपालिका-१४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित सोही नगरपालिका-४ बस्ने २१ वर्षीया अनिता परियारलाई बुधबार बेलुकी प्रहरी पक्राउ गरेको छ । प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  उदयपुर, त्रियुगा नगरपालिका-३ हात्तीमारा बस्ने २४ वर्षीय अर्जुन रोक्का समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पोष्ट बसपार्कबाट खटिएको प्रहरीले  अर्जुनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।   धनुषा, जनकपुर उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित कमला नगरपालिका-४ लग्मा बस्ने १९ वर्षीय बिजय कुमार यादवलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१४ रामनगर टोल बस्ने ५१ वर्षीय ललितराज कुवर क्षेत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले ललितराजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-६ घर भएका २९ वर्षीय करण बरालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८३-०७-१८

काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ मातातीर्थ बौथली चोक बस्ने २८ वर्षीय रबिन तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ७४ ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१४ बाट अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा बाह्रदशी गाउँपालिका-६ घर भएका ३६ वर्षीय विर्खराज योङहाङ र धादिङ गल्छी गाउँपालिका-२ घर भएका ३४ वर्षीय सानो बावु तुलाधार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-२ पुनर्वासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सजिव राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-४ हलगडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सिराहा गोलबजार नगरपालिका-६ घर भएका २० वर्षीय अविनाश रौनियार साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नडाहाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र स्पासपेन १ सय १० ट्याब्लेट सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय लक्ष्मण थिङ, २२ वर्षीय राकेश काफ्ले र २३ वर्षीय रबिन कार्की रहेका छन् । अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ३२ वर्षीय दिपक भाटलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०२-००३ प ४३८५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-७ टेडियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ३० मिलिग्राम सहित कैलाली घोडाघोडी नगरपालिका-१ सुख्खड बस्ने २३ वर्षीय जिबन पार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-५ बाँसगढी बजारस्थित रोयल फास्टफुड खाजा घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित बढैयाताल गाउँपालिका-८ बस्ने २६ वर्षीय रिदम केसी समेत ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-२ बिकासनगर घर भएका २२ वर्षीय शिव विक समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-४ घर भएका २० वर्षीय शिवराज थारू र बर्दिया गेरूवा गाउँपालिका-५ बस्ने २७ वर्षीय उमेश थारू रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटएको प्रहरीले भे.६ प ६४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, माडी नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ४८ ट्याब्लेट र स्पास्मो २ सय ४० ट्याब्लेट सहित सोही नगरपालिका-६ कल्याणपुर बस्ने २४ वर्षीय आशिष गुरूङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सोमेश्वरबाट खटिएको प्रहरीले ना.६ ख ४०१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-५ बक्तुरीघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १८ ग्राम ५ सय ७० मिलिग्राम सहित कैलारी गाउँपालिका-४ हसुलिया बस्ने २० वर्षीय सरोज चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पृथ्वीपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, जानकी गाउँपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-८ बन्देबीपुर बस्ने २४ वर्षीय भुवन तिमिल्सिनालाई ‍मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०७-१७

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-५ थली मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम र नगद २८ हजार ९ सय ७५ रूपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ डाँछी बस्ने २६ वर्षीय सुनिल ब्रमाशाखा र भक्तपुर चाँगुनारायण नगरपालिका-४ बस्ने २० वर्षीय सबिन श्रेष्‍ठ रहेका छन् । प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरीले बा.३२ प ७२०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन ८० ग्राम र डिजिटल तराजु १ थान सहित भारत मधुवनी मधुवापुर थाना-३ घर भएका ३५ वर्षीय मोहम्मद सन्तोष नदापलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक बस्ने २८ वर्षीय बिबेक सापकोटालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।