प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

२०८३-०१-२५

  • A
  • A-
  • A+
Share

लमजुङ, बेसीशहर नगरपालिका-२ गैरीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९९ एम्पुल, बुप्रेनोर्फिन ९९ एम्पुल र फेनारगन ९९ एम्पुल सहित सोही नगरपालिका-८ सेरा बस्ने ३७ वर्षीय शेखर शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङ समेतबाट खटिएको प्रहरीले डुम्रेबाट बेसीशहरतर्फ आउदै गरेको ग.१ ख ६९०० नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०८-०७

काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ३ सय ९४ ग्राम १ सय मिलिग्राम, नगद २ लाख ५४ हजार रूपैयाँ र डिजिटल तराजु २ थान सहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-१ घर भएका ४२ वर्षीय रन्जन थापा, चन्द्रागिरी नगरपालिका-११ घर भएका ३५ वर्षीय पदम बहादुर तिमिल्सिना, सिन्धुली कमलामाई नगरपालिका-२ घर भएका ३४ वर्षीय देवराज बम्जन, २२ वर्षीय निशान बम्जन, ३२ वर्षीय बिशाल मोक्तान, धनुषा क्षिरेश्वरनाथ नगरपालिका-८ घर भएका ५५ वर्षीय लक्ष्मण पंडित दास तत्मा, तनहुँ भानु नगरपालिका-८ घर भएका २८ वर्षीय शैलेन्द्र बजगाई, गोरखा शहिदलखन गाउँपालिका-५ घर भएका २५ वर्षीय सिजन रेग्मी र सिराहा नवराजपुर गाउँपालिका-५ घर भएका २९ वर्षीय बिवेक कुमार साह रहेका छन् । उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरू र सिन्धुलीबाट प्रहरीले पक्राउ गरेको हो । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९८ ग्राम सहित मोरङ सुन्दरहरैंचा नगरपालिका-१२ बस्ने २१ वर्षीय राम बहादुर गिरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ४४०३ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, जहदा गाउँपालिका-४ सिसौबारी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय २० मिलिग्राम सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ जयरामपुर टोल बस्ने २४ वर्षीय मंजित कुमार यादव, कटहरी गाउँपालिका-३ कामत टोल बस्ने २६ वर्षीय शिवम सिंह, २७ वर्षीय भरत कामत र ३० वर्षीय दुर्गेश कामत रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरीया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा १२ किलो ६ सय ग्राम सहित पर्सा पोखरीया नगरपालिका-६ गमरिया टोल बस्ने १९ वर्षीय दिलिप कुमार रामलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले पोखराबाट वीरगंजतर्फ जाँदै गरेको ग.प्र.०१-००१ ख ०३८९ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-२ बस्ने २६ वर्षीय प्रज्वल राजधामीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ९० मिलिग्राम सहित झापा दमक नगरपालिका-८ बस्ने ३३ वर्षीय मनोज साह समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलविनायकबाट अवैध लागूऔषध पोलेन ४४ ग्राम ७० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ६५ ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-९ कमलविनायक बस्ने ३१ वर्षीय रूकेश बोथे र भक्तपुर च्यामासिंह बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका-२ घर भएका २३ वर्षीय सुजन तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३-०८-०७

सुनसरी, धरान उपमहानगरपालिका-११ गैरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय अनिल तामाङ समेत ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वे समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ सिमरबना बस्ने मोरङ सुन्दरहरैंचा नगरपालिका-१० त्रिवेणी चोक घर भएका २७ वर्षीय मन्जिल तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ कुखरेनीबाट अवैध लागूऔषध पोलेन करिब ९ सय २० ग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बस्ने २१ वर्षीय जोसु तामाङ र सोही उपमहानगरपालिका-१४ बस्ने २३ वर्षीय अमन तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी मकवानपुर, भीमफेदी गाउँपालिका-१ टौबास कोलनीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ३ किलो २ सय १० ग्राम सहित धादिङ गजुरी गाउँपालिका-८ बस्ने २१ वर्षीय अमिर तामाङ समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले बा.प्र.०२-०५७ प ०७६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०८-०६

ललितपुर, ललितपुर महानगरपालिका-१६ पाटन सुन्धाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट सहित सोही महानगरपालिका-२५ भैंसेपाटी बस्ने मकवानपुर घर भएका ४२ वर्षीय श्याम लामा समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ६० ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी रघुगंगा गाउँपालिका-४ बस्ने २७ वर्षीय सागर पुन मगर र धौलागीरी नगरपालिका-६ बस्ने २३ वर्षीय आयुष छन्तेल रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ ज ११२६ नम्बरको माइक्रोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी तनहुँ, ब्यास नगरपालिका-३ बीसघरेबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुल सहित सोही ठाउँ डेरा गरी बस्ने ४० वर्षीय रबिन्द्र सुनार समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, देवानगञ्ज गाउँपालिका-३ मेहता टोल बस्ने २२ वर्षीय संतोष कुमार राम समेत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब ३ किलो ८० ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरीले संतोषको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, रामधुनी नगरपालिका-५ शिवचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २५ वर्षीय बिबेक चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामधुनी समेतबाट खटिएको प्रहरीले प्र.१-०२-०५१ प ९०१८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपहानगरपालिका-८ बिरेन्द्र चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६४ ट्याब्लेट र स्पास्पेन ३ सय ६४ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-८ डेरा गरी बस्ने ३२ वर्षीय सुशिल परियारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही महानगरपालिका-१ बस्ने २६ वर्षीय सुरज कुमार सिंह समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छप्कैयाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०३-०३० प ६०९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, गोदावरी नगरपालिका-६ लालपुर बस्ने २७ वर्षीय प्रकाश चोखाल समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ४० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले प्रकाशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सिराहा, सिरहा नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ७२ किलोग्राम सहित सोही नगरपालिका-१२ सारश्वर टोल बस्ने ३३ वर्षीय अनिल कुमार महतोलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले ज.१ त ८३११ नम्बरको ट्याक्टरलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक अनिललाई पक्राउ गरेको हो ।  यसैगरी सिराहा, गोलबजार नगरपालिका-६ गुम्बा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने ३० वर्षीय योगेश कुमार सिंहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सिराहा, मिर्चैया नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ ग्राम ४ सय ३० मिलिग्राम सहित धनगढीमाई नगरपालिका-५ जेयपुर बस्ने २८ वर्षीय रंजित कुमार सिंह दनुवार समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको म.प्र.०१-००५ प ९१२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ बस्ने २४ वर्षीय फुरसाङ भन्ने कैलाश तामाङ समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ४० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले कैलाशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके नेपालगंज उपमहानगरपालिका-१६ बस्ने ३० वर्षीय इर्फान जोलाहा र २३ वर्षीय साहित जोलाहा रहेका छन् । प्रहरी चौकी सुब्बाकुना समेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ ज १५५४ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित उदयपुर चौदण्डीगढी नगरपालिका-६ बस्ने ३० वर्षीय देब बहादुर पुलामी मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०८-०४

झापा, दमक नगरपालिका-८ बसन्त मार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम र नगद २७ हजार रूपैयाँ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-६ घर भएका २६ वर्षीय मनिष शर्मा र २४ वर्षीय डिक बहादुर शर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मनिषको कोठा तलासी गर्दा १ ग्राम ३ सय ३० मिलिग्राम उक्त पदार्थ र नगद १५ हजार रूपैयाँ तथा डिक बहादुरको कोठा तलासी १ सय ४० मिलिग्राम उक्त पदार्थ र नगद १२ हजार रूपैयाँ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यसैगरी झापा, शिवसताक्षी नगरपालिका-२ मंगलबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित दमक नगरपालिका-७ बस्ने ३९ वर्षीय भीम सागर न्यौपानेलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कास्की, पोखरा महानगरपालिका-८ सिर्जनचोकस्थित रोयल थकाली किचन होटलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३५ एम्पुल, नोर्फिन ३५ एम्पुल र फेनारगन ३५ एम्पुल सहित सोही महानगरपालिका-५ मालेपाटन बस्ने खोटाङ घर भएका २९ वर्षीय मिलन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले होटलको २०१ नम्बरको कोठा तलासी गर्दा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-१५ लक्ष्मीटोल डेरा गरी बस्ने स्याङ्जा बिरूवा गाउँपालिका-३ घर भएका ३० वर्षीय महेश गुरूङ समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ११ ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।    यसैगरी कास्की, पोखरा महानगरपालिका-२६ साउनेपानी बस्ने २१ वर्षीय यमराय क्षेत्री समेत ४ जनालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ७ सय ग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले यमरायको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ ग्राम ३ सय १० मिलिग्राम र नगद १८ हजार ९ सय ५० रूपैयाँ सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सर्लाही ईश्वरपुर नगरपालिका-५ घर भएका ३३ वर्षीय केशव गिरी, ललितपुर महालक्ष्मी नगरपालिका-७ चांगाथली बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका-११ घर भएका २४ वर्षीय दर्शन भुषाल र काठमाडौं बानेश्वर शान्तिनगर बस्ने सर्लाही ईश्वरपुर नगरपालिका-६ घर भएका ३२ वर्षीय पुर्ण शंकर गिरी रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सप्तरी, कञ्चनरूप नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने ३६ वर्षीय नारदमनी बरहीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले प्रदेश २-०१-००३ प ६९३४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-५ आइतबारेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय ५० मिलिग्राम सहित उदयपुर चौदण्डीगढी नगरपालिका-५ बस्ने ३४ वर्षीय उदित नारायण चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   रूपन्देही, रोहिणी गाउँपालिका-१ सिमरपानीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय २९ एम्पुल, बुप्रेनोर्फिन ३ सय ३६ एम्पुल र प्रोमेथाजाइन ३ सय ३७ एम्पुल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका २० वर्षीय कुलदीप सहानी र २० वर्षीय प्रदिप केवट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले युपि ५६ एए ५२१० नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथरबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ४३ किलोग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका २४ वर्षीय सत्यम कुमार र २० वर्षीय वर्षीय रौनक कुमार रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डारा समेतबाट खटिएको प्रहरीले हेटौंडाबाट चितवनतर्फ आउँदै गरेको एनएल ०१०७७९२ नम्बरको कन्टेनर तलासी गर्दा कन्टेनरको ड्राइभर सिटको पछाडी क्याबिनमा फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी कन्टेनर चालक सत्यम र सहचालक रौनकलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।