प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

२०७८-११-१५

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-११ धरहरा मार्गस्थित ४० वर्षीय किशान तिलिजा पुनको घरबाट तास खेलिरहेको अवस्थामा  किशान लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

किशानको घरमा जुवातास खेलीरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६६ हजार ६५ रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार