अवैध लागूऔषध खैरो हेरोइन सहित ३ जना पक्राउ
२०७८-११-१५
- A
- A-
- A+
कैलाली, टीकापुर नगरपालिका-१ समितिपुर बस्ने २३ वर्षीय संजय चौधरी समेत ३ जनालाई करिब २ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हिरोईन सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
संजयको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।