प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरी बालिकाको हत्या गरेको अभियोगमा १ जना पक्राउ

२०७८-११-१५

  • A
  • A-
  • A+
Share

मोरङ, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा लेटाङ नगरपालिका-८ बस्ने ६४ वर्षीय दिपक गिरीलाई प्रहरीले पक्राउ गरेको छ । 

लेटाङस्थित श्री जाँते उच्च माबिमा ६ कक्षामा पढ्ने बालिका गत बुधबार स्कुल छुट्टी भएपश्चात घर फर्कने क्रममा हराई बेपत्ता भएको भन्ने खबर ईलाका प्रहरी कार्यालय लेटाङमा प्राप्त भएपछि खोजी गर्नेक्रममा शुक्रबार बिहान लेटाङ नगरपालिका-८ लाल हिरा सामुदायिक बनमा ढुङ्गाले छोपेको अवस्थामा उनको शव फेला परेको थियो । 

दिपकले ती बालिकालाई विद्यालयबाट फर्किदै गर्दा बाटोमा एक्लै फेला पारी फकाई फुल्याई जंगल भित्रको बाटोबाट जाँदा छोटो पर्छ भनि लगेर शारीरिक सम्पर्कको लागि प्रस्ताव गर्दा अस्वीकार गरे पश्चात जवरजस्ती करणी गरी सकेपछि पोल खोल्न सक्ने डरले बालिकालाई घाँटी थिच्दै मुख थुनेर हत्या गरी नजिकै रहेको खोल्सीमा घोप्टो पारेर ढुंगाले शव छोपेको खुल्न आएको छ । साथै उनले हत्या पश्चात बालिकाको सबै लुगा, कपडा र जुत्ता समेत आफैले बोकेर ल्याई आफ्नै घर पछाडी रहेको खोल्सीमा जलाई घर फर्कीएको खुल्न आएको छ । 

प्रहरीले उक्त खोल्सीमा रहेको खरानीको थुप्रोबाट बेल्टको बक्कल र कडी, जुत्ताको सोलको भाग, ज्याकेटको बटमहरू र फरकको खिपहरू र सो नजिकै लाईटर समेत फेला पारी बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१०-२७

उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-९ रातमाटे बस्ने २३ वर्षीय लक्ष्मण पाठकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । डडेल्धुरा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अमरगढी नगरपालिका-११ बस्ने २९ वर्षीय सुरेश सार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुरेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुर्खेत, २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३० वर्षीय बले खाँडलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खाँडले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।