नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-११-१६
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-१६ रजतज्यन्ती चोकबाट मकवानपुर हेटौंडा उपमहानगरपालिका-१४ बस्ने २० वर्षीय प्रनिक कार्की र नुवाकोट लिखु गाउँपालिका-३ बस्ने २० वर्षीय लक्ष्मण न्यौपानेलाई ३ सय २७ ट्याब्लेट नाईट्राभेट र ८ ट्याब्लेट स्पास्मो सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा वीरगंजबाट खटिएको प्रहरीले भारतबाट नेपाल आउँदै गरेका उनीहरूलाई जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।