प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

२०७८-०६-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं, २०७८ असोज १६ गते

 काभ्रे, धुलिखेल नगरपालिका-९ रानाछापस्थित होटलमा तास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१२ बस्ने ४१ वर्षीय कुमार गिरी लगायत ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट काभ्रेभन्ज्याङ र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९५ हजार रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

भक्तपुर, चाँगुनारायण नगरपालिका-४ खोरियागाउँ बस्ने सुमन तामाङको घरमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २८ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार