प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

२०७८-११-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-६ रामहिटीस्थित प्रेम बहादुर भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा प्रेम बहादुर समेत १३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उक्त घरको तेस्रो तलामा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९७ हजार रुपैयाँ र १९ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार