नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-११-२०
- A
- A-
- A+
नवलपरासी (पूर्व) कावासोती नगरपालिका-१६ चालिसकिलोस्थित सडकबाट तनहुँ व्यास नगरपालिका-९ बस्ने १८ वर्षीय किशोरलाई नियन्त्रित लागूऔषध ४५ एम्पुल नुर्फिन, ४५ एम्पुल डाईजेपाम र ४५ एम्पुल फेनारगन सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ना.६ ख ४२१५ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।