प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

धनमाल लुटपाटमा संलग्न ८ जना पक्राउ

२०७८-११-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित समृध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं एयरपोर्ट बस्ने जुम्ला गुठीचौर गाउँपालिका-५ ठेगाना भएका २६ वर्षीय देबी प्रसाद धिताल, काठमाडौं स्वयंभू बस्ने धादिङ धुनबेशी नगरपालिका-३ ठेगाना भएका ३० वर्षीय शंकर रेग्मी, काठमाडौं सानोभर्‍याङ बस्ने डडेलधुरा महाकाली नगरपालिका-२ ठेगाना भएका २८ वर्षीय हिक्मत महता, काठमाडौं चक्रपथ बस्ने कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-४ झलारी ठेगाना भएका २७ वर्षीय सुबाष रतोकी, काठमाडौं मित्रनगर बस्ने कञ्चनपुर शक्लाफाँटा नगरपालिका-२ झलारी ठेगाना भएका ३४ वर्षीय मिलन बोहरा, मित्रनगर बस्ने पाँचथर याङ्गक गाउँपालिका-८ च्याङ्थापु बस्ने ३२ वर्षीय लिम्बु भन्ने भविन्द्र बेगा, मित्रनगर बस्ने दैलेख नौमुले गाउँपालिका-५ सल्लेरी ठेगाना भएका २७ वर्षीय जिवन भन्ने योगेन्द्र बहादुर चन्द र काठमाडौं सामाखुसी बस्ने प्युठान गौमुखी गाउँपालिका-६ ठेगाना भएका २१ वर्षीय भिटेन, संगित थापा भन्ने कमल सुनार रहेका छन् ।
उक्त फार्मेसीका संचालकलाई हामी प्रहरी हौं, तपाईँको पसलमा अबैध औषधि बिक्री बितरण गर्ने गरेको छ भन्ने सूचना आएकाले हामी खानतलासी गर्न आएका हौं भनि फागुन १२ गते साँझ नियन्त्रणमा लिई पसलको काउन्टरमा भएको नगद, १ थान मोबाइल, १ थान घडी, ई-सेवामा पठाएको नगद ११ हजार ७ सय रुपैयाँ र स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको खातामा रहेको नगद ३ हजार ५ सय रुपैयाँ गरी जम्मा ६५ हजार रुपैयाँ जबरजस्ती लुटपाट गरी फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट ११ थान मोबाइल, १ थान घडी, १ थान नागरिकता प्रमाणपत्र, ५ थान एटिएम कार्ड र २ थान बैंक चेक बरामद गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।