प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-११-२१

  • A
  • A-
  • A+
Share

दैलेख, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चामुनण्डाबिन्दाशैनी नगरपालिका-४ नाओ बस्ने २४ वर्षीय नबिन शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । नबिनले आफ्नै घरमा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जम्बुकाधबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

ललितपुर, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-५ लेले चम्पेश्वरी बस्ने सल्यान कालिमाटी गाउँपालिका-१ पोखरा घर भएका २३ वर्षीय प्रकाश भन्ने छबिलाल खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खड्काले ती बालिकालाई ललाई फकाई गोदावरी नगरपालिका-५ लेलेस्थित तरकारी खेती गरेको टनेलामा लगि बिहीबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी टिकाभैरब र महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

झापा, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका-२ खतिवडा चोक बस्ने २५ वर्षीय रोहित शिवालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रोहितले गत फागुन १२ गते ती बालिकालाई ललाई फकाई आफ्नो घरमा लगि जबरजस्ती करणी गरेको भन्ने जाहेरी प्राप्त भएपश्चात ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१०-२७

उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-९ रातमाटे बस्ने २३ वर्षीय लक्ष्मण पाठकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । डडेल्धुरा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अमरगढी नगरपालिका-११ बस्ने २९ वर्षीय सुरेश सार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुरेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुर्खेत, २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३० वर्षीय बले खाँडलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खाँडले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।