प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

महिलाको हत्या गरेको अभियोगमा पक्राउ

२०७८-११-२२

  • A
  • A-
  • A+
Share

सुनसरी, ईटहरी उपमहानगरपालिका-५ तुलशाटोला डेरा गरी बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका-१ सरङडाँडा वतन भएकी सुमित्रा तामाङको हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-५ डेरा गरी बस्ने धनकुटा पाख्रीबास नगरपालिका-६ फलाटे स्थायी वतन भएका जिवन, राम भन्ने २४ वर्षीय विनेश रानालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

धरान उपमहानगरपालिका-१८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड लजको कोठामा खाटमाथि ओढ्ने ओढाई सुताएको अवस्थामा फागुन १७ गते बिहान एक महिलाको शव फेला परेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले अनुसन्धानको क्रममा मृतक सुमित्रा तामाङ भएको खुल्न आएको थियो । थप अनुसन्धानको क्रममा उक्त घटनामा विनेशको संलग्नता भएको खुल्न आएपछि धनकुटा पाख्रीबास नगरपालिका-११ स्थित उनकै ससुराली घरबाट मृतकको मोबाइल सहित विनेशलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीमान विदेश रहेको बेला विगत १ वर्षदेखि सुमित्रासँग प्रेम सम्बन्ध रहेकोले पटकपटक भेटघाट हुने गरेको, आपसी सल्लाह अनुसार  फागुन १५ गते बिहान उनीहरू उक्त होटलमा बसेको, फागुन १६ गते बेलुकी सुमित्राले अन्य पुरुषसँग मोवाइलमा कुरा गरेको बिषयमा बिबाद हुँदा कुटपिट गरेको र बिबाद बढ्दै जाँदा घाँटी थिचेर सुमित्राको हत्या गरी नगद ५ हजार रुपैयाँ र मोबाइल समेत लिई उनी फरार भएको अनुसन्धानबाट खुल्न आएको छ ।  

विनेश उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।